सुशिला शर्मा न्यौपानेको  भुमरी उपन्यास विमोचन 


असोज २१
दोलखाका लेखक÷ साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार बिमोचन भएको छ । सदरमुकाम चरिकोटमा भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा आयोजित कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धरले पुस्तकको विमोचन गर्नु भएको हो । 
शर्माले यस अघि २०७१ सालमा पूर्णाङ्की नाटक परिवेश भित्रका मान्छेहरु र २०७६ सालमा पूर्णाङ्की नाटक गन्तव्य प्रकाशित गरीसक्नु भएको छ । दोलखाको विगु गाँउपालिकाको बुलुङमा जन्मनु भएको शर्माले बिभिन्न पत्रिकाहरुमा नाटक, कविता, लेख प्रकाशित गर्दै आउनु भएको छ । 
भानु विद्यापति साहित्य प्रतिष्ठानको अध्यक्ष शङ्करलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, उपप्रमुख कमला वस्नेत, मेलुङ गाँउपालिकाका उपाध्यक्ष  गायत्री आचार्य, नेपाल पत्रकार महासंघ दोलखा शाखाको अध्यक्ष दीपशङ्कर चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो भने दोलखाका प्रमुख जिल्ला अधिकारी एवं साहित्यकार कोमल प्रसाद धमलाले पुस्तकको समिक्षा गर्नु भएको थियो ।चालिस खण्ड र एक सय ६१ पेजको उपन्यास भुमरीको प्रकाशक गोपाल प्रसाद न्यौपाने रहनु भएको छ । 

 

प्रतिकृया दिनुहोस

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार  शुशिला शर्मालाई

  माघ १  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक

अनुसन्धानमूलक लेख समाबेश ‘जिएस स्पार्क’ जर्नल बिमोचन

असोज २१ दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसले प्रकाशन गरेको अनुसन्धानमूलक लेखहरुको सङ्गालो ‘जिएस स्पार्क’ जर्नल शनिबार

भानु जयन्तीको अवसरमा कवि तथा शाहित्यकार विष्णु सुवेदी पुरस्कृत

आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्तिको अवसरमा भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखा र बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले