अनुसन्धानमूलक लेख समाबेश ‘जिएस स्पार्क’ जर्नल बिमोचन
असोज २१
दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसले प्रकाशन गरेको अनुसन्धानमूलक लेखहरुको सङ्गालो ‘जिएस स्पार्क’ जर्नल शनिबार विमोचन गरिएको छ ।
नेपालको शैक्षिक प्रणालीमा अपनाएका विधि लगायतलाई समावेश गरेर तयार पारिएको बहुआयामिक जर्नल जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले विमोचन गर्नुभएको हो । जर्नल विमोचन गर्नुहुँदै घतानीले जिम्मेवार निकायमा रहेका व्यक्तिहरुले नै आफ्नो शिक्षा प्रणालीमा विश्वास नगरेर आफ्ना सन्तानलाई पढ्न विदेशमा पठाउनु दुःखद् भएको उल्लेख गर्नुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वरनारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर लगायतले मन्तव्य राख्नुहुँदै अनुसन्धानले शैक्षिक गुणस्तर र समग्र देशको विकासमा सघाउ पुग्ने बताउनुभएको थियो ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
माघ १ विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक
सुशिला शर्मा न्यौपानेको भुमरी उपन्यास विमोचन
असोज २१ दोलखाका लेखक÷ साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार बिमोचन भएको छ । सदरमुकाम चरिकोटमा भानु विद्यापति
भानु जयन्तीको अवसरमा कवि तथा शाहित्यकार विष्णु सुवेदी पुरस्कृत
आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्तिको अवसरमा भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखा र बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले





प्रतिकृया दिनुहोस