भानु जयन्तीको अवसरमा कवि तथा शाहित्यकार विष्णु सुवेदी पुरस्कृत

आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्तिको अवसरमा भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखा र बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले संयुक्त रुपमा रामायण बाचन तथा पुस्तक सार्वजनिक कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा कवि, साहित्यकार बिष्णु सुवेदीलाई भानु विद्यापति साहित्यिक पुरस्कार २०८० बाट सम्मान गरिएको थियो । कार्यक्रममा दोलखाको भीमेश्वर नगरपालिकाले प्रकाशन गर्दै आएको दोलखा साहित्य यात्रा– ४ समेत सार्वजनिक गरिएको थियो । 
रामायण बाचन कार्यक्रममा बुढा भीमशेन मावि धरमघरको सुस्मा विश्वकर्मा, निशा खत्री र रुविका विश्वकर्माको समूह प्रथम, त्रिपुरा बोर्डिङ स्कूल चरिकोटको विज्ञाता घिमिरे द्धितिय, कुटिडाँडा मावि मकैवारीको जिज्ञासा सुवेदी, दिपिका थापा र नन्जीता थापाको समूह तृतिय र हिम्स एकेडमिकका ऋचा दुलाल सान्त्वना भएका थिए । कार्यक्रमका  अवसरमा एसएस फाउण्डेशन दोलखाका संयोजक नवराज खड्का र रामायण बाचन गर्नुहुने जेष्ठ तथा पौढ नागरिकहरुलाई सम्मान गरिएको थियो । 
भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाका अध्यक्ष शङ्करलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडा, नेपाल प्रेस काउन्सिलका सदस्य तथा बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाको संरक्षक चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशङ्कर चौलागाई, साहित्यकार केशव चौलागाई, जीत कार्की र भानु विद्यापति साहित्य प्रतिष्ठानका सचिव सुन्दर खड्काले मन्तव्य व्यक्त गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार  शुशिला शर्मालाई

  माघ १  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक

अनुसन्धानमूलक लेख समाबेश ‘जिएस स्पार्क’ जर्नल बिमोचन

असोज २१ दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसले प्रकाशन गरेको अनुसन्धानमूलक लेखहरुको सङ्गालो ‘जिएस स्पार्क’ जर्नल शनिबार

सुशिला शर्मा न्यौपानेको  भुमरी उपन्यास विमोचन 

असोज २१ दोलखाका लेखक÷ साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार बिमोचन भएको छ । सदरमुकाम चरिकोटमा भानु विद्यापति