दोलखाको घ्याङमा रहेको सरस्वती वनको सिमा विवाद समाधानका लागि पूर्व बैठक
साउन २५- दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति र स्थानीय विचको सिमा विवाद समाधानका लागि पूर्व तयारी बैठक सम्पन्न भएको छ । गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष रामकृष्ण भण्डारीको अध्यक्षतामा बसेको बैठकमा वन उपभोक्ता समितिका अध्यक्ष भक्त बहादुर थापाले सामुदायिक वन हस्तान्तरण भएदेखी नै स्थानीय र वनको सिमा विचको विवाद रहेको बताउनु भएको छ ।उहाँँका अनुसार ६५ हेक्टर भु–भागमा रहेको वनको सिमासँग करिब २० जना स्थानीयको जग्गा विवाद रहेको छ । बैठकमा सामुदायिक मेलमिलाप केन्द्र नेपाल दोलखाका राष्ट्रिय स्रोतव्यक्ति मुना गुरुङले विवाद रुपान्तरणको प्रक्रियाको बारेमा जानकारी गराउनु भएको थियो । बैठकमा पालिकाका उपाध्यक्ष एंव न्यायिक समितिका संयोजक गायत्री आर्चाय, सवडिभिजन वन कार्यालय सितलीका रेञ्जर सोनुकुमार राम र सामुदायिक वन उपभोक्ता समितिका सल्लाहाकार रामभरत तामाङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको छ । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको अगुवाइमा वन उपभोग समितिको समन्वयमा भएको बैठकले विवाद सिमाको नक्साङकन गर्ने लगायतका निर्णय गरिएको छ ।विवाद माकुरा समुह मार्फत रुपान्तरण गरिने छ। प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल जिल्लामा विगत लामो समयदेखी प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले जल,जमीन र जङ्गलसँग सम्वन्धी बहुसरोकारकाहरु विवादहरु माकुरा समुह मार्फत रुपान्तरण लागि काम गरि रहेको छ ।
शिक्षा विधेयक संशोधनको माग गर्दै प्याब्सन दोलखाले बुझायो ज्ञापन पत्र
२९ साउन– प्याब्सन केन्द्रको निर्देशन अनुसार आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको
दोलखाका सांसद केसी बागमती प्रदेश सरकारको मन्त्री
साउन २०-बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद भरत केसी वन तथा वातावरण मन्त्री बन्नु भएको छ । मुख्यमन्त्री बहादुर सिंह
बहुविवाह गर्न पाउने गरी कानून सशोधन गर्न लागेको प्रति अनेम संघ दोलखाको आपति
साउन १९- सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरि कानून संशोधन गर्न लागेको प्रति अखिल नेपाल महिला संघ दोलखाले सरकारको ध्यानाकर्षण गराएको छ ।





प्रतिकृया दिनुहोस