विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार  शुशिला शर्मालाई

 

माघ १ 
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले स्थापना गरेको यो पुरस्कारबाट साहित्यकार शर्मालाई नगद १०हजार रुपैयाँ  नगद सहित सम्मानपत्रले सम्मान  गरिएको हो । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले वार्षिक रुपमा कला साहित्य र संस्कृतिको क्षेत्रमा कलम चलाउने एक जना स्रष्टालाई पुरस्कृत गर्दै आएको छ । समितिले २०६७ सालदेखि निरन्तर रुपमा एक जना स्रष्टालाई नगदसहित पुरस्कृत गर्दै आएको विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक चिरञ्जीवी मास्केले बताउनु भयो । साहित्यकार तथा पत्रकार चिरञ्जीवी मास्केले जन्म दिने र कर्म दिने दुवैआमाहरुको नाममा साहित्य पुरस्कार स्थापना गरेको पुरस्कार यो वर्ष उपन्यास,नाटक,कथा र कविताका क्षेत्रमा कलम चलाउँदै आउनु भएकी साहित्यकार शर्मालाई प्रदान गरिएको हो । साहित्यिक पुरस्कार वितरणको साथै विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाको १३ औं वार्षिक साधारण सभा पनि सम्पन्न भएको छ । समितिले वार्षिक साधारण सभाको अवसरमा प्रदेय नामक साहित्यिक स्मारिका पनि सार्वजनिक गरेको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर,भानुविद्यापती साहित्य पुरस्कार समितिका अध्यक्ष शंङ्करलाल श्रेष्ठ,नेपाल बार एसोेसियसनका अध्यक्ष कृष्ण बस्नेत,नेपाल पत्रकार महासंघ दोलखाका सचिव सुजन कापले,पूर्व अध्यक्ष दीपशङ्कर चौलागाईँ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । 

 

प्रतिकृया दिनुहोस

अनुसन्धानमूलक लेख समाबेश ‘जिएस स्पार्क’ जर्नल बिमोचन

असोज २१ दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसले प्रकाशन गरेको अनुसन्धानमूलक लेखहरुको सङ्गालो ‘जिएस स्पार्क’ जर्नल शनिबार

सुशिला शर्मा न्यौपानेको  भुमरी उपन्यास विमोचन 

असोज २१ दोलखाका लेखक÷ साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार बिमोचन भएको छ । सदरमुकाम चरिकोटमा भानु विद्यापति

भानु जयन्तीको अवसरमा कवि तथा शाहित्यकार विष्णु सुवेदी पुरस्कृत

आदिकवि भानुभक्त आचार्यको २१० औ जन्मजयन्तिको अवसरमा भानु विद्यापति साहित्य प्रतिष्ठान दोलखा र बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले