दोलखाका सांसद केसी बागमती प्रदेश सरकारको मन्त्री


साउन २०-बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद भरत केसी वन तथा वातावरण मन्त्री बन्नु भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले राजीनामा दिएसँगै कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँको नेतृत्वमा आज बनेको नयाँ मन्त्री परिषसले  नेकपा एमालेबाट निर्वाचित बागमति प्रदेश सासद केसी वन तथा वातावरणमन्त्रीमन्त्री बन्नु भएको हो । जिल्लाको भीमेश्वर नगरपालिकाका निवासी २०७४ सालको स्थानीय तहको निर्वाचनमा दोलखाको भीमेश्वर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको केसी २०७९ सालमा दोलखाको प्रदेश सभा ‘ख’ बाट प्रतक्ष्यतर्फ उम्मेदवार बनेका थिए । प्रदेशसभा निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन बन्दा पनि केसीले सान्दार जित हाँसिल गर्नुभएको थियो । 
बागमतीका ८ मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका नवनियुक्त ८ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ८ मन्त्रीलाई सपथ ग्रहण गराउनु भएको हो । कांग्रेसका २ र एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री बानियाले एमालेबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री जयराम थापालाई श्रम रोजगार तथा यातायात मन्त्री भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गरेका थिए ।कांग्रेसबाट भने खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए। कांग्रेसको भागमा परेको प्रदेशका १४ मध्ये ७ मन्त्रालयमा दुई मन्त्री नियुक्त गरी अन्य ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफै मातहत राखेका छन् ।

प्रतिकृया दिनुहोस

शिक्षा विधेयक संशोधनको माग गर्दै प्याब्सन दोलखाले बुझायो ज्ञापन पत्र

२९ साउन– प्याब्सन केन्द्रको निर्देशन अनुसार आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको

दोलखाको घ्याङमा रहेको सरस्वती वनको सिमा विवाद समाधानका लागि पूर्व बैठक

साउन २५- दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति र स्थानीय विचको सिमा विवाद समाधानका लागि पूर्व तयारी

बहुविवाह गर्न पाउने गरी कानून सशोधन गर्न लागेको प्रति अनेम संघ दोलखाको आपति 

  साउन १९- सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरि कानून संशोधन गर्न लागेको प्रति अखिल नेपाल महिला संघ दोलखाले सरकारको ध्यानाकर्षण गराएको छ ।