बहुविवाह गर्न पाउने गरी कानून सशोधन गर्न लागेको प्रति अनेम संघ दोलखाको आपति 

 

साउन १९- सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरि कानून संशोधन गर्न लागेको प्रति अखिल नेपाल महिला संघ दोलखाले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले २०७५ भदौ १गते लागु भएको मुलुकी अपराध संहिता २०७४लाई संशोधन गरि बहुविवाह गर्न पाउने गरी कानून सशोधन गर्न लागेको प्रति अखिल नेपाल महिला संघ दोलखाले आज प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत सरकारको ध्यानाकर्षण गरेको हो । अनेमसंघ दोलखाकि इन्चार्ज पुर्णिमा खरेल,जिल्ला अध्यक्ष मेनुका सुवेदी सहित अनेमसंघ दोलखाको टोलिले जिल्ला प्रशासन कार्यालय दोलखा पुगि प्रजिअ शिवराम गेलाल लाई ध्यानाकर्षण पत्र बुझाएको हो। पितृसत्तात्मक सामाजिक संरचनाले महिलाहरू शक्ति, सत्ता र सम्पत्तिबाट बञ्चित भएको परिस्थिति छ । यस परिस्थितिमा अहिले नेपाल सरकार कानून, न्याय तथा संसदीय मन्त्रालयले ल्याउन लागेको कानूनी व्यवस्थाले महिलासमानताको नाममा अमुक व्यक्तिहरूको अवाञ्छित इच्छा पुरा गर्ने देखिएको छ र महिलाहरूलाई सधैं दासको रुपमा व्यवहार गर्न बाटो खुलाउने देखिन्छ । त्यसैले,नेपाल सरकार कानून मन्त्रालयले हाल ल्याउन लागेको उक्त पश्चगामी कानून तत्काल रोक्न अखिल नेपाल महिला संघ दोलखा जोडदार माग गर्दछौं अखिल नेपाल महिला संघ दोलखाका अध्यक्ष मेनुका सुवेदीले जारी गर्नुभएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र बुझाउनका लागि अनेमसंघ दोलखाका इन्चार्ज पुर्णिमा खरेल,जिल्ला अध्यक्ष मेनुका सुवेदी लगायतका प्रतिनीधीहरु जिल्ला प्रशासन कार्यालय दोलखा पुगेको थियो ।
 

प्रतिकृया दिनुहोस

शिक्षा विधेयक संशोधनको माग गर्दै प्याब्सन दोलखाले बुझायो ज्ञापन पत्र

२९ साउन– प्याब्सन केन्द्रको निर्देशन अनुसार आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको

दोलखाको घ्याङमा रहेको सरस्वती वनको सिमा विवाद समाधानका लागि पूर्व बैठक

साउन २५- दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति र स्थानीय विचको सिमा विवाद समाधानका लागि पूर्व तयारी

दोलखाका सांसद केसी बागमती प्रदेश सरकारको मन्त्री

साउन २०-बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद भरत केसी वन तथा वातावरण मन्त्री बन्नु भएको छ । मुख्यमन्त्री बहादुर सिंह