दोलखामा अघिल्ला बर्षहरुमा जति अग्रेजी नयाँ वर्षमा आएनन पर्यटक
तारादेवी बस्नेत - दोलखाको पर्यटकीय केन्द्र तथा सदरमुकाममा रहेको होटलहरु यस वर्षको अग्रेजी नयाँ वर्षमा खचाखच हुन सकेन । कोरोना महामारीको प्रभावका कारण यो बर्ष अंग्रेजी नयाँ बर्ष मनाउन आउने पर्यटकको संख्या अघिल्ला बर्षहरुमा भन्दा निक्कै कम रहेकोले पनि होटलहरु खचाखच हुन नसकेको हो । अघिल्ला सालहरुमा अग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकहरुले भरीभराउ हुने चरिकोटका होटलहरु यसवर्ष झण्डै सुनसान जस्तै रहेको होटल आर्शीवादका सञ्चालक तथा क्षेत्रीय होटल संघ दोलखाका सचिव प्रकाश बुढाथोकीले वताउनुभयो ।सदरमुकाम चरिकोटमात्र हैन यो बर्षको नयाँ बर्षमा दोलखाको पर्यटकीय केन्द्र कालिञ्चोक, दोलखा भीमेश्वर, जिरी लगायतमा समेत पर्यटकको उपस्थिति न्युन रहेको होटल व्यवसायीहरुको भनाई छ ।गत वर्षहरुमा अग्रेजी नयाँ वर्षको समयमा कालिञ्चोकमा दैनिक झण्डै पाँच हजार आन्तरिक तथा बाह्य पयर्टकहरु पुग्ने गरेकोमा यसवर्ष दैनिक २÷३ सय पर्यटक पनि नपुगेको कालिञ्चोक कुरीमा रहेको होटल टसीदेलेका सञ्चालन सोनाम शेर्पा वताउनुभयो । कोरोना महामारीकै कारण अग्रेजी नयाँ वर्ष २०२१ मनाउन जिरी मा पनि पर्यटक नपुगेकोे होटल संघ जिरीका अध्यक्ष बसन्त प्रधान भनाई रहेको छ । दोलखा सदरमुकाम चरिकोटमा करिब ८५ वटा, जिरीमा ३५ र कालिञ्चोकको कुरीमा झण्डै ४५वटा होटल रहेको तथ्याङक व्यवसायीहरुको छ । तर यो बर्ष कारोनाकै कारण सबै होटलहरु सामान्य रुपमा मात्र सञ्चालनमा रहेका छन् ।यो अवस्थामा दोलखालाई कोरोनाबाट सुरक्षित राख्न भएका प्रयास र होटल व्यवसायीहरुले पाहुनालाई सुरक्षित राख्न अपनाएको सुरक्षा विधिको बारेमा जानकारी गराउदै अधिक पर्यटक भित्राउन सबैले आ आफ्नो ठाँउबाट पहल थाल्नु पर्ने होटल व्यवसायीहरुको भनाईको भनाई रहेको छ ।
आगामी फागुन २१ गतेबाट दोलखा महोत्सव २०७९ हुने
पुष २८- दोलखामा आगामी फागुन २१ गतेबाट ७ दिने दोलखा महोत्सव २०७९ हुने भएको छ । दोलखा चेम्बर अफ कमर्स दोलखाले आगामी फागुन २१ गतेबाट फागुन २७ गते सम्म
अग्रेजी नयाँ वर्षमा दोलखाका होटलहरु सुनसान,३० प्रतिशत मात्रै पर्यटक आए
पुष १६- दोलखा सदरमुकाम चरिकोटमा रहेका सहितका होटलहरु यस वर्षको अग्रेजी नयाँ वर्षमा सुनसान भएका छन् । गत सालहरुमा अग्रेजी नयाँ वर्ष मनाउन आउने
दोलखाली डान्स कृयुको दोस्रो कबर भिडियो सार्वजनीक
रेडियो शैलुङ्ग दोलखा दोलखाली डान्स कृयुको दोस्रो कबर भिडियो सार्वजनीक भएको छ । “छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा” भन्ने बोलको गितमा गणेश





प्रतिकृया दिनुहोस