अग्रेजी नयाँ वर्षमा दोलखाका होटलहरु सुनसान,३० प्रतिशत मात्रै पर्यटक आए
पुष १६- दोलखा सदरमुकाम चरिकोटमा रहेका सहितका होटलहरु यस वर्षको अग्रेजी नयाँ वर्षमा सुनसान भएका छन् । गत सालहरुमा अग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकहरुले भरीभराउ हुने चरिकोटका होटलहरु यसवर्ष भने सुनसान भएका हुन् ।नयाँ वर्षको अवसरमा यस पटक जिल्लामा हिमपात नहुनु र आर्थिक मन्दी कारण दोलखामा यस वर्ष पर्यटकहरु नआएको दोलखा जिल्ला होटल तथा पर्यटन व्यावसायिक संघ दोेलखाका अध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला गतवर्षहरुको तुलनामा यस वर्ष ३०प्रतिशत पर्यटक मात्रै दोलखामा आएका हुन् । चरिकोट, सहित कालिञ्चोक र जिरीा होटलहरु पनि सुनसान रहेका छन् ।संघीय राजधानी काठमाडौंबाट १ सय ३३ किलोमिटर दूरीमा रहेको दोलखा सदरमुकाम चरिकोट धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण मानिन्छ। विशेषगरी दोलखा भीमेश्वर, कालिञ्चोक, चरिघ्याङ गुम्बा, शैलुङ, जिरी, हनुमन्तेडाँडा धार्मिक पर्यटन गन्तव्य हुन्। यी पर्यटकीय गन्तव्य पनि नयाँ वर्षमा सुनसान रहेका छन् ।
आगामी फागुन २१ गतेबाट दोलखा महोत्सव २०७९ हुने
पुष २८- दोलखामा आगामी फागुन २१ गतेबाट ७ दिने दोलखा महोत्सव २०७९ हुने भएको छ । दोलखा चेम्बर अफ कमर्स दोलखाले आगामी फागुन २१ गतेबाट फागुन २७ गते सम्म
दोलखामा अघिल्ला बर्षहरुमा जति अग्रेजी नयाँ वर्षमा आएनन पर्यटक
तारादेवी बस्नेत - दोलखाको पर्यटकीय केन्द्र तथा सदरमुकाममा रहेको होटलहरु यस वर्षको अग्रेजी नयाँ वर्षमा खचाखच हुन सकेन । कोरोना महामारीको प्रभावका
दोलखाली डान्स कृयुको दोस्रो कबर भिडियो सार्वजनीक
रेडियो शैलुङ्ग दोलखा दोलखाली डान्स कृयुको दोस्रो कबर भिडियो सार्वजनीक भएको छ । “छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा” भन्ने बोलको गितमा गणेश





प्रतिकृया दिनुहोस