बागमती प्रोस्कूनको वरिष्ठ उपाध्यक्षमा दोलखाका सहकारी अभियान्ता निर्विरोध निर्वाचित
कात्तिक २४- बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को अध्यक्षमा उद्धव सापकोटा निर्वाचित हुनु भएको छ । संघको चौथो वार्षिक साधारण सभाले सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा दोलखाका सहकारी अभियान्ता जिवसराज खड्का चयन हुनुभएको छ । आगामी चार वर्षको लागि संघको उपाध्यक्षमा जिवसराज खड्का बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको चौथो बार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित हुनुभएको हो । खड्का जिल्ला दोलखाका सहकारी अभियान्ता हुनुहुन्छ । महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा गोविन्द्रप्रसाद काफ्ले, सचिवमा ठाकुरप्रसाद बास्कोटा र कोषाध्यक्षमा प्रदिप थापा चयन भएका छन्।त्यसैगरी सञ्चालकहरुमा लेमन श्रेष्ठ, कृष्ण गोविन्द लाखाजु, विकास बादे, हरिशचन्द्र सुवेदी, नवराज शर्मा, निर्मला धिताल, जगन्नाथ दाहाल, कृष्णहरि कोईराला, हेमबहादुर कार्की,भवानी देवी अधिकारी र शान्त लक्ष्मी खड्की चयन भएका छन् संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा देवप्रसाद त्रिपाठी र सदस्यहरुमा कमला खनाल बोगटी र सरस्वती कतिला चयन हुनु भएकोछ । । साधारण सभाले आगामी चार वर्षको लागि सञ्चालक समिति र लेखा समिति चयन गरेको हो ।
मकैबारीमा ५० लिटर अवैध घरेलु मदिरा नष्ट
पुष २० दोलखा भीमेश्वर नगरपालिका ७ उखुबारीमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको देविथान महिला
सुनखानीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५५३ जनाको स्वास्थ्य परिक्षण
मंसिर ४- दोेलखाको कालिञ्चोक गाउँपालिका नम्वरमा ८ सुनखानीमा भएको निःशुल्क तीन दिने स्वास्थ्य शिविरमा ५ सय ३५जनाले सेवा लिएका छन् ।कालिञ्चोक
बागमती प्रोस्कूनको वरिष्ठ उपाध्यक्षमा दोलखाका सहकारी अभियान्ता निर्विरोध निर्वाचित
कात्तिक २४- बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को अध्यक्षमा उद्धव सापकोटा निर्वाचित हुनु भएको छ । संघको चौथो वार्षिक साधारण





प्रतिकृया दिनुहोस