अनेरास्ववियु दोलखाद्धारा शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी सङ्गठनकोभूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना
अनेरास्ववियु दोलखाद्धारा शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी सङ्गठनकोभूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना
भदौ ३०
दोलखाको सदरमुकाम चरिकोटमा आज“शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी सङ्गठनकोभूमिका”विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दोलखाले ६०औं बाल दिवसको अवसरमा प्रतियोगीतामा आयोजना गरेको हो ।प्रतियोगीतामा सहिद स्मृति माध्यामिक विद्यालय जिरीकन मेलिसा ढुङ्गेल प्रथम हुनु भएको छ भने हनमुन्तेश्वर माध्यामिक विद्यालय काब्रेका छात्र निशान्त दाहाल द्धितृयि,द राईजिङ स्टार बोर्डिङ स्कुल चरिकोटका मिमांशा न्यौपाने तृतिय र मोर्डन नेपाल बोर्डिङ चरिकोटका कृष्टिका खड्का सान्त्वमा हुनु भएको अनेरास्ववियु दोलखाका अध्यक्ष रामचन्द्र केसीले जानकारी दिनुभयो ।उहाँका अनुसार प्रतियोगिताका विजेताहरु प्रतियोगीहरुलाई क्रमशः ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगीतामा जिल्ला भरिका विभिन्न ३३ वटा विद्यालयका ३३ जना छात्रछात्राहरुको सहभागिता रहेको अनेरास्ववियुले जनाएको छ ।अनेरास्ववियु दोलखाका अध्यक्ष रामचन्द्र केसीको अध्यक्षतामा भएको प्रतियोगीता उद्घाटन कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य तथा बागमती प्रदेशसभाका सांसद भरत केसी, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य डबल पाण्डे, अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्य सागरहरी अधिकारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा विद्यार्थी नेता शक्ति पाठक, अनेरास्ववियुका केन्द्रीय सदस्य राजकुमार ढुङ्गेल,अनेरास्ववियु बागमती प्रदेश कमिटीका सङ्गठन विभाग प्रमुख शंकर पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शिक्षा विधेयक संशोधनको माग गर्दै प्याब्सन दोलखाले बुझायो ज्ञापन पत्र
२९ साउन– प्याब्सन केन्द्रको निर्देशन अनुसार आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको
शैलुङ आठ दोलखाद्धारा काठमाण्डौँबाट नागरिकलाई सेवा
साउन १६-दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ ले आजबाट काठमाण्डौँमा शिविर सुरु गरेको छ । पालिका वडा नम्वर ८ शैलुङले काठमाण्डौमा बसोबास गरिरहेका वडाका
सुन्द्रावतीमा रहेको कालिका माध्यामीक विद्यालयलाई डस्वीन वितर
फागुन ३ -दोलखाको सुन्द्रावतीमा रहेको कालिका माध्यामीक विद्यालयलाई डस्वीन वितरण गरिएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ९





प्रतिकृया दिनुहोस