सुन्द्रावतीमा रहेको कालिका माध्यामीक विद्यालयलाई डस्वीन वितर
फागुन ३ -दोलखाको सुन्द्रावतीमा रहेको कालिका माध्यामीक विद्यालयलाई डस्वीन वितरण गरिएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्वर ९ सुन्द्रावतीमा रहेको विद्यालयलाई नेपाल रेडक्रस सोसाईटी उपशाखा सुन्द्रावतीले विद्यालयको फोहोर व्यवस्थापनका लागि डस्विन प्रदान गरेको हो । उपशाखाको वार्षिक उत्सवको अवसरमा विद्यालयलाई १० थान डस्वीन प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा सुन्द्रावतीका सभापति शंङकरकुमार ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल रेडक्रस सोसाईटी उपशाखा सुन्द्रावतीकोे २१औँ वार्षिक साधारण सभा फागुन १० गते गर्ने तयारी भई रहेको छ । डस्वीन वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारी र रेडक्रस उपशाखा सुन्द्रावतीका सचिव बालकृष्ण खड्का लगायतको सहभागीता रहेको थियो ।
शिक्षा विधेयक संशोधनको माग गर्दै प्याब्सन दोलखाले बुझायो ज्ञापन पत्र
२९ साउन– प्याब्सन केन्द्रको निर्देशन अनुसार आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको
शैलुङ आठ दोलखाद्धारा काठमाण्डौँबाट नागरिकलाई सेवा
साउन १६-दोलखाको शैलुङ गाउँपालिका वडा नम्वर ८ ले आजबाट काठमाण्डौँमा शिविर सुरु गरेको छ । पालिका वडा नम्वर ८ शैलुङले काठमाण्डौमा बसोबास गरिरहेका वडाका
अनेरास्ववियु दोलखाद्धारा शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी सङ्गठनकोभूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना
अनेरास्ववियु दोलखाद्धारा शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी सङ्गठनकोभूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना भदौ ३० दोलखाको सदरमुकाम





प्रतिकृया दिनुहोस