व्यवसाय दर्ता प्रकृया सम्बन्धि प्रशिक्षण सहित उपासना तिज २०८१ काठमाडौंमा आयोजना
निशान बुढाथोकी, काठमाडौं
उपासना महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध व्यवसायी सदस्यहरुलाई व्यवसायदर्ता प्रकृया सम्बन्धि जानकारी तथा उपासना तिज २०८१ काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौंको ठाडो भर्याङ स्थित मेन फुड क्याफेमा आयोजना गरिएको सो कार्यक्रम उप सभामुख इन्दिरा रानामगरको उद्धघाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल,सहकारी संस्थाका सल्लाहकार तथा महिला नेतृ कल्याणी खड्का, त्यसैगरी सोहीकार्यक्रमको प्रशिक्षक कोपिला डंगोल, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, विभिन्न सहकारीका महिला, महिला अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।
उपासना महिला वचततथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष अमरावती बलामी महर्जनको अध्यक्षतामा भएको कार्यक्र्रममा उप सभामुख इन्दिरा रानामगरले उपासना सहकारी संस्थाले विगतलामो समय देखि महिलादिदीबहिनीहरुको आर्थिक स्तरोन्नतीमा महत्वपूर्ण कामगर्दै आएको बताउनुभयो । हाम्रो समाज पुरुष प्रधान भएकै कारण पनि आर्थिक रुपमा महिलाहरु सबल र समुन्नत बन्न नसकेको बताउँदै ,समाजमा विद्यमान गरिबी र लैगिंक विभेदका कारण महिलाको अवस्था पुरुषको तुलनामा निकै कमजोर रहेको उल्लेख गर्नुभयो । आर्थिक, राजनितिक, सामाजिक, लगायत अधिकांस क्षेत्रको नितिनिर्माणदेखि हरेक तहमा महिलाको सहभागिता न्यून छ उहाँले भन्नु भयो । राज्यले लैगिंक रुपमा आर्थिक समानता कायम गर्न विगतका केहीवर्षदेखि महिला केन्द्रित कार्यक्रमहरु ल्याएको छ तर , ती कार्यक्रमहरु महिला लक्षित भए पनि अधिकांश महिला त्यसबाट समग्र रुपमा लाभान्वित नभएको जिानकारी दिनुभयो ।अधिकांश महिलाको दैनिकी अझै घरको चुलो चौकामा सिमित छ ।
परिवारको आय आर्जनमा महिलाहरु लाग्नु हुँदैन भन्ने कुसंस्कृति एकातिर मौलाइरहेको छ भने कमजोर आर्थिक अवस्थाका कारण सीप, विकास र स्वःविकासमा महिलाहरुको योगदान न्यूनरहेको बताउनुभयो । महिला जनसंख्याको अधिकांश भेग ग्रामिण भेगमा भएको कारणले आर्थिक उपार्जन गर्नुपर्नै आवश्यकता भएपनि अशिक्षाका कारण पूरा हुन सकेको छैन यद्यपि राज्यले महिलाले घरेलु तथा कृषिकार्यमा गर्नै योगदानको हिसाबकिताब राष्ट्रिय लेखामानगर्नै देखिएकाले महिलाको योगदानकति छ र कुन हद सम्म महिलाले आय आर्जन गरेर परिवारको समुन्नत विकासमा टेवादिन सक्छिन् भन्ने लेखा जोखा छैन । वित्तिय प्रणालीमा पनि एक दशक यता महिलाहरुको आर्थिक समुन्नतिका लागि स्वरोजगार र महिला उद्यम विकासका लागि कृषितथा सुलभ कर्जाको विकास नभएको होइन । तर , महिलाको आर्थिक अवस्था सुधार्न समुदाय स्तर सम्म आवश्यक (सम्भावित) आयआर्जन र लगानीको क्षेत्र र समुदायको पहिचान गरी आर्थिक श्रोत साधनको परिचालन र क्रृण प्रवाह कम भएको बताउनु भयो । तमाम समस्याका बाबजुद पनि महिलाले आर्थिक क्षेत्रमा आफुलाई अगाडि ल्याउने प्रयास गरिरहेको बताउनुभयो ।
काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले नारी घर, परिवार, समाज अनि राष्ट्रकै महत्वपूर्ण अङ्गहुन र एउटी नारी विनाको सुन्दर र शान्त घर, समाजअनि राष्ट्रको कल्पनापनि गर्न सकिदैन ।तसर्थ महिला यस्तो शक्तिहो जसले घर परिवार देखि हरेक किसिमका जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने सक्छिन् भन्ने उदाहरण यही सहकारी संस्थाले छर्लङ बनाएको बताउनुभयो ।
यस्तै उपासना महिला वचततथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष अमरावती बलामी महर्जनले केही सुचकांकले महिलाको अधिकारका क्षेत्रमा सकारात्मक संकेत देखिएको र जनसंख्यालाई नै आधार मान्ने हो भने पनि महिलाको संख्या ५१.५० प्रतिशतअर्थात् पुरुषको तुलनामा १.५० प्रतिशत बढी रहेको उहाँको भनाई छ । संख्यामा मात्र नभई अन्य केही क्षेत्रमा समेत महिलाको पहुँच वृद्धी भएको स्पष्ट पार्नुभयो । जस्तै स्थिर सम्पत्तिमामहिलाको स्वामित्वमा वृद्धि भएको तर यो परिवेश र तथ्यले महिलाको सन्तोषजनक सहभागिताभएको हो भनेर ढुक्क हुने स्थिति भने पक्कै नभएको दावि गर्नु भयो । श्रोत , साधन र आर्थिक स्वामित्वमामहिलाको पहुँच दयनिय छ । जसले गर्दा महिलाको कामको जिम्मा अत्यन्त बढी छ । त्यसको योगदानआर्थिक हिसाबले गणना गरिदैन । तर उनीहरु स्वतन्त्र रुपमापूँजी परिचालन गर्न उद्योग व्यवसाय गर्न या बैकबाट क्रृण प्राप्त गर्न असमर्थ छन् । यसर्थ आर्थिक क्षेत्रमा महिलाको सहभागिता अघि बढ्न सकेको छैन । तर यसो भन्दैमा केही नभएको भने पक्के हैन । आर्थिक क्रियाकलापको बलियो क्षेत्रको रुपमा स्थापित सहकारीले धेरै हद सम्म महिलालाई आर्थिक क्रियाकलापमा सहभागि बनाएको छ । शहर देखि गाउँ, गाउँगाउँ सम्म महिलाहरु सहकारी मार्फत आर्थिक क्रियाकलापमा सहभागि बनेका छन् । जसले ठूलो संख्यामा महिला यही आर्थिक संगठनका माध्यम बाट सामाजिक,राजनैतिक, सांस्कृतिक रुपमाभूमिका र हेैसियत निर्माण गर्न सफलभएको बताउनु भयो ।
त्यसैगरी महिला नेतृ कल्याणी खड्काले महिलाहरु जब सम्म आत्मनिर्भर हुँदैनन् तब सम्म चुल्लो चौकामा मात्र सिमित हुनुपर्ने अवस्था आइरने बताउनु भयो । घर बाहिर निस्कीनको लागि महिलाले संघर्ष गर्दै आर्थिक अवस्था सृदृढ हुनुपर्नेमा जोड दिनुभयो । जब महिलाआर्थिक रुपले सशक्त हुन्छिन् तब मात्र सुन्दर समाजको निर्माण हुने बताउनुभयो ।
सोही कार्यक्रमकी प्रशिक्षक कोपिला डंगोलले एउटी महिला सक्षम हुनु भनेको एउटा परिवार मात्र नभई सिङो समाज नै शिक्षितहुने बताउनु भयो । त्यसो त महिला हिंसामा पर्नुका धेरै कारणहरु मध्ये स्वयम महिला आत्मनिर्भर हुनन सक्नु एक प्रमुख कारण हो। हाम्रो समाजमा महिलालाई अझै पनि घरभित्रै सिमित राख्ने प्रचलन छ । यस्तो प्रचलनले उनीहरुको परनिर्भरता बढेको छ जसले गर्दा सानो सानो आवश्यकता परिपूर्ति गर्न पनि परिवारका अन्य सदस्य प्रतिनिर्भर हुन बाध्य रहनु परेको र अरु प्रति निर्भर हुनु पर्दा महिलाले बढी हिंसा सहन परेको बताउनुभयो । वर्षौंदेखि नेपाली महिलाले नागरिकता प्राप्तिमा ठूलो पीडा र झमेला भोगिरहेका अवस्थामा पुरुषको वैवाहिक सम्बन्धको आधारम ामात्र अंगीकृत नागरिकता दिइने विषयले प्राथमिकता पाउनु राज्यका कानुन र नीतिनियममा समेत लैंगिक विभेदको दर्बिलो प्रमाण हो भन्ने वहस बाक्लिदै गएको कुरालाई स्पष्ट पार्दै केही समयअघि सर्वोच्च अदालतले बाबुको ठेगान नलागेकाको हकमा आमाको नामबाट नागरिकताप्राप्त गर्न सकिन्छ भन्ने फैसला गरे पनि आमाको पहिचानबाट सन्तानले नागरिकता पाउन बाबु नभएको व्यहोरा खुलाउनुपर्ने कानुनी व्यवस्थाले महिलामाथि चरम विभेद र अपमान भएको बताउनुभयो । २÷३ महिना एउटा व्यवसाय गर्ने राम्रो भएन , राम्रो चलेन भन्दै अनि फेरि २÷३ महिना अर्को व्यवसाय नगर्न आग्रह गर्दै स्वदेशी उत्पादन लाई जोड दिदै एउटै पेशाव्यवसायलाई अंगाल्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा नजिकिदै गरेको हरितालिकातिजको शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
जयकाली वचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न
निशान बुढाथोकी, काठमाडौं जयकाली वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंको ताम्सिपाखामा
दोलखामा मनसुन सम्पर्क व्यक्ति तोकियो
असार २० नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले मसुन सम्पर्क व्यक्ति तोकेको छ । विपदको क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी जिल्ला
बसको ठक्करबाट विगु तिनमा एक जनाको मृत्यु
चैत २० दोलखाको विगु गाउँपालिका वडा नम्बर ३ की एक वृद्धाको बसको ठक्करबाट मृत्यु भएको छ । विगु ३ बुलुङकी ७४ वर्षीया नेतर्नी लामाको रोल्वालिङ





प्रतिकृया दिनुहोस