दोलखामा मनसुन सम्पर्क व्यक्ति तोकियो 

असार २०

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले मसुन सम्पर्क व्यक्ति तोकेको छ । विपदको क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले यस वर्ष जिल्लामा हुने मनसुनजन्य विपद् व्यवस्थापनका लागि जिल्लाका २५ वटा उपशाखाहरुमा मनसुन सम्पर्क व्यक्ति तोकेको हो । मनसुन सम्पर्क व्यक्तिले वर्षायामा हुने विपदका घटना र हुन सक्ने जोखिमको बारेमा रेडक्रसलाई जानकारी गराउने छन् । त्यसैगरी विपदका घटनाको बारेमा तत्काल सुचना प्रवाहका लागि जिल्लामा ५जना द्रुत सर्वेक्षकहरु तेकिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाका सभापति ईश्वरी प्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वेक्षकहरुले जिल्लामा भएका विपद्का घटना, क्षतिको बारेमा २४ घण्टा भित्रनै अनलाईन मार्फत  रेडक्रस दोलखा र गृहमन्त्रालयलाई जानकारी गराउने छन् । जिल्लामा तत्कालका लागि ५० परिवार प्रभावितका लागि पुग्ने  सुरक्षा व्यवस्थापनका सामग्रीहरुहरु तयारी अवस्था रहेको दाहालले जानकारी बताउनु भयो । जिल्लामा तत्कालको लागि आवश्यक १ सय परिवारलाई पुग्ने सामग्रीहरु रेडक्रस केन्द्रसँग माग समेत गरिएको छ । दोलखामा यसर्षको मनसुनमा १५ हजार ९सय ७५ जना प्रभावित हुने गृह मन्त्रालयले सार्र्वजनिक गरेको  तथ्याङमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

जयकाली वचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न

निशान बुढाथोकी, काठमाडौं  जयकाली वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।  काठमाडौंको ताम्सिपाखामा

व्यवसाय दर्ता प्रकृया सम्बन्धि प्रशिक्षण सहित उपासना तिज २०८१ काठमाडौंमा आयोजना

निशान बुढाथोकी, काठमाडौं  उपासना महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध व्यवसायी सदस्यहरुलाई व्यवसायदर्ता प्रकृया सम्बन्धि जानकारी तथा

बसको ठक्करबाट  विगु तिनमा एक जनाको मृत्यु 

चैत २०  दोलखाको विगु गाउँपालिका वडा नम्बर ३ की एक वृद्धाको बसको ठक्करबाट मृत्यु भएको छ । विगु ३ बुलुङकी ७४ वर्षीया नेतर्नी लामाको रोल्वालिङ