जयकाली वचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न
निशान बुढाथोकी, काठमाडौं
जयकाली वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।
काठमाडौंको ताम्सिपाखामा सम्पन्न साधारण सभा मंसिर २९ गते शनिबार सम्पन्नभएको हो । सो संस्थाकी अध्यक्ष विष्णु कुमारी चौलागाई प्रेमाको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुखअतिथि प्रतिनिधि सभा सदस्यतथा कृषि सहकारी प्राकृतिक समितिको सदस्य माननीय मिना तामाङ, विशेष अतिथि जिल्ला सहकारी संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष तथा उपासना महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरावती बलामी महर्जन, नरदेवी वडा नम्बर १८ का वडा अध्यक्ष न्हुच्छे काजी महर्जन, त्यसैगरी विशेष अतिथि सहकारी केन्द्र नेपालको महासचिवतथा सहकारी विभागको सचिव ईश्वरी पाण्डे, विशेष अतिथि समाज सेवी राधा भट्राई, यस्तै विशेष अतिथि नेपाल कभर मिडिया प्राइभेट लिमिटेडका अध्यक्षतथायाद बचत तथा ऋण सहकारी संस्थाका सचिव योगेश भट्राई। महिलाशक्तिविकास केन्द्र नेपालकी संचार अधिकृत निशान बुढाथोकी, राष्ट्रिय सहकारी बैंक लिमिटेड, न्यूरोड शाखाप्रमुख रमा घिमिरे, जिल्ला सहकारी संघका संचालक सपना अर्यालको सहभागिता रहेको थियो । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा कृषि सहकारी प्राकृतिक समिति सदस्य मिनातामाङले पानसमा दिपप्रज्वलन गरी औपचारिक रुपमा कार्यक्रमको शुरुवात गर्नु भएको थियो ।
वर्षभरी गरिएका आर्थिक तथा विभिन्न गतिविधिहरुलाई प्रकाशितगर्दै संस्थाका अध्यक्ष चौलागाई बाट प्रस्तुत भावी योजनाका कार्यहरुलाई शेयर सदस्यहरुबीच छलफल गरिएको थियो । विक्रम संम्बत २०६६ साल माघ १४ गते विधिवत रुपमा दर्ता भई सहकारीको सिद्धान्त एवं मूल्य र मान्यतालाई अंगिकार गरेर यस सहकारी संस्थाको १५ औं वसन्तपार गर्दै गर्दा विभिन्न कठिनाईको सामनागर्दै आज यो अवस्थामा आइपुगेको र यो अवस्थामा आइपुग्दा विभिन्न किसिमका वार्षिक कार्यक्रमहरु पनिगर्दै आइरहेको स्पष्ट पार्नु भयो । वार्षिक उत्सव, तिज कार्यक्रम, रक्तदान कार्यक्रम, सम्मान तथा पुरस्कार कार्यक्रम,सामाजिक क्रियाकलापहरु लगायत पर्दछन् । राष्ट्रिय अर्थतन्त्रमा देखिएको असर र वित्तिय क्षेत्रमा रहेको तरलताको प्रतिकुलअवस्थालाई मध्यनजर गरी यस संस्थाप्रति सचेत रहँदै तरलता व्यवस्थापन र सदस्यहरु बीच हुने बचत फिर्ता तथा ऋण लगानी जस्ता नियमित रुपमाहुने कारोबारलारई सुरक्षित र सन्तुलित ढंगले संचालनगर्दै आइरहेको सो संस्थाकी अध्यक्ष चौलागाईले स्पष्ट पार्नुभयो । सहकारिताको भावना, मूलय, मान्यता, सिद्धान्त अनुरुप प्रजातान्त्रिक तथा पारदर्शी रुपमा साथै सहकारीताको माध्यमबाट उपलब्ध श्रोत साधनको उच्चतमविकासमा समेत टेवापुर्याउनु नै सहकारीको वास्तविक लक्ष्य रहेको जानकारी दिनुभयो । साथै आगामीदिनहरुमापनि यस संस्थालाई अझै उचाइमालानको लागि सबै जना एक जुट भएर ऐक्यवद्धताको साथलागि पर्न पनि सबैलाई आग्रह गर्नुभयो ।
त्यस्तै सोही संस्थाकी लेखा समितिकीसंयोजक ईश्वरी घिमिरेले लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । अघिल्लो साधारण सभाको निर्णयहरुको कार्यान्यनको अवस्था, लाभांबवितरणको सम्बन्धमा, कार्यक्रमतथा कोषहरुको परिचालन सम्बन्धमा, सामाजिकउत्तरदायित्वको सम्बन्धमा,आर्थिक वर्ष २०८०÷०८१ म बसेको विभिन्न समितितथा उप समिति बैठक तथा निर्णयहरु र निर्णयहरुको कार्यान्यनको अवस्था लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सोही साधारण सभामा कोषाध्यक्षजानकीथापाले कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । जसमा शेयर पूँजी, कोषको हिसाब, बचत तथानिक्षेप, बाह्रय ऋण तथा ािपटी, चालु दायित्वतथाव्यवस्था, कर दायित्व, वार्षिक अनुमानित आम्दानी तथा वार्षिक अनुमानित खर्च लगायतका विषयमा छलफल गर्नु भयो ।
विशेष अतिथि जिल्ला सहकारी संघ काठमाडौंका वरिष्ठ उपाध्यक्ष तथा उपासना महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अमरा वती बलामी महर्जनले आफ्नो पारिवारिक जिम्मेवारीलाई सम्हाल्दै सहकारीको जिम्मेवारीलाई प्रमुख प्राथमिकतामा राखेकर काम गरेका कारण आज सहकारीले १५ औं साधारण सभामनाउन सफलभएको बताउनुभयो । उपस्थित शेयरधनीहरुलाई वर्षमा एक पटक उपस्थितभएर भेटघाट र खाजाको लागि मात्र उपस्थित नहुन आग्रह गर्नुभयो । शेयर धनीहरुको एक एक रुपैयाको वचतले गर्दा सहकारी जोगाउन सकिने र ऋण लिनेले ऋण समयमा नै तिर्न पनि आग्रह गर्नुभयो । सहकारीको वचतले नै महिलादिदीबहिनीहरु आर्थिक रुपमा सबल र सशक्तभएको बताउनुभयो । जब महिलाहरु आर्थिक रुपमामजबुत हुन्छन्, तब व्यवसाय गर्न पनि सक्षमहुन सक्छन् भन्नुभयो ।
सोही साधारण सभामा प्रमुख अतिथिप्रतिनिधि सभा सदस्यतथा कृषि सहकारी प्राकृतिक समितिको सदस्य तामाङले वार्षिक प्रतिवेदन प्रस्तुत भइरहँदा जति पनि प्रतिवेदनहरु प्रस्तुतभए ती सबै प्रतिवेदनहरु शेयरधनीलाई चित्तबुझेको प्रतिआफू खुशीभएको बताउनुभयो । जयकालीवचततथा ऋण सहकारी संस्था लिमिटेड शुरुको अवस्थादेखि अहिले १५ औं साधारण सभा सम्म आइपुग्दा धेरै समस्या र चुनौतीको सामनागर्दै यहाँ सम्म आइपुगेको उल्लेख गर्दैै यहाँ सम्म आइपुग्दा एउटा उत्कृष्ट ठाउँमा उभिन सफलभइसकेको कुरा साधारण सभाले पुष्टि गरेको बताउनुभयो । महासंघ, केन्द्रिय संघ, प्रदेश हुँदै महानगरसम्म आउँदा र महानगरदेखि वडा सम्म आइपुग्दाविभिन्नअवधारणहरु रहने बताउनुभयो । यही अवधारणलाई अवलम्बनगर्दै सहकारीहरु अघि बढ्नुपर्ने बताउनुभयो ।
व्यवसाय दर्ता प्रकृया सम्बन्धि प्रशिक्षण सहित उपासना तिज २०८१ काठमाडौंमा आयोजना
निशान बुढाथोकी, काठमाडौं उपासना महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध व्यवसायी सदस्यहरुलाई व्यवसायदर्ता प्रकृया सम्बन्धि जानकारी तथा
दोलखामा मनसुन सम्पर्क व्यक्ति तोकियो
असार २० नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले मसुन सम्पर्क व्यक्ति तोकेको छ । विपदको क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी जिल्ला
बसको ठक्करबाट विगु तिनमा एक जनाको मृत्यु
चैत २० दोलखाको विगु गाउँपालिका वडा नम्बर ३ की एक वृद्धाको बसको ठक्करबाट मृत्यु भएको छ । विगु ३ बुलुङकी ७४ वर्षीया नेतर्नी लामाको रोल्वालिङ





प्रतिकृया दिनुहोस