बसको ठक्करबाट  विगु तिनमा एक जनाको मृत्यु 

चैत २० 
दोलखाको विगु गाउँपालिका वडा नम्बर ३ की एक वृद्धाको बसको ठक्करबाट मृत्यु भएको छ ।
विगु ३ बुलुङकी ७४ वर्षीया नेतर्नी लामाको रोल्वालिङ यातायातको बा २ ख ६३७४ नम्बरको बसको ठक्करबाट मृत्यु भएको हो । काठमाण्डौबाट बुलुङतर्फ जादै गरेको यात्रुबाहक बसले हिजो बेलुका सिङ्गटी–बुलुङ सडक खण्ड अन्तर्गत विगु ४ फिस्टेढुङ्गा सडकमा पैदल यात्रा गरिरहेका वृद्धालाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रहरी निरिक्षक विक्रम लामाले जानकारी दिनुभयो । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । 

 

प्रतिकृया दिनुहोस

जयकाली वचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न

निशान बुढाथोकी, काठमाडौं  जयकाली वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।  काठमाडौंको ताम्सिपाखामा

व्यवसाय दर्ता प्रकृया सम्बन्धि प्रशिक्षण सहित उपासना तिज २०८१ काठमाडौंमा आयोजना

निशान बुढाथोकी, काठमाडौं  उपासना महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध व्यवसायी सदस्यहरुलाई व्यवसायदर्ता प्रकृया सम्बन्धि जानकारी तथा

 दोलखामा मनसुन सम्पर्क व्यक्ति तोकियो 

असार २० नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले मसुन सम्पर्क व्यक्ति तोकेको छ । विपदको क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी जिल्ला