जनसचेतनसंग सहकार्य गर्न गाउँपालिका तयारः अर्जुुन प्रसाद शिवाकोटी

फागुन १०
दोलखाको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सहकारीसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जनसचेतन बचत तथा ऋण सहकारी सहकारी दोलखाले आयोजना गरेको जनप्रतिनिधिसँग जनसचेतन कार्यक्रमलाई सम्वोधन गर्नुहुदैँ शिवाकोटीले देशकै नमुना सहकारी संस्था जनसचेतनसँग सहकार्य गरेर काम गर्न पालिका तयार रहेको बताउनु भएको हो । शिवाकोटीले भन्नुभयो,“कृषि,पशुुपालन,सहितका नागरिकको जिविको पार्जनका लागि पालिका सहकारीसँग सहकार्य गरेर काम गर्न तयार छ ।”  शिवाकोटीले सहकारीको भाखानाघेको ऋण उठानका लागि समेत पालिकाले पहल गरि दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ  । ऋण तिर्न सक्ने ऋणीहरुसँग पालिकाले प्रदान गर्ने सेवासुविधाहरु रोकेर भएपनि ऋण उठाउन पहल गरिदिने शिवाकोटीले वताउनु भयो । 
गाउँपालिकासँग सहकार्य गरेर शेयर सदस्यहरुको जीविकोपार्जनका लागि स्थानीय सरकारसंग समन्वय गरी काम गर्ने उद्धेश्यले सहकारी सहकारीले जनप्रतिनिधिसँग जनसचेतन कार्यक्रमलाई सुरु गरेको हो ।
जनसचेतनका जनसम्पर्क शाखा प्रमुख राजन दहालका अनुसार गाउँपालिकासंगको सहकार्यमा सहकारी अभियानलाई विश्वसनीय र भरपर्दो बनाउने अभियान अन्तरगत कार्यक्रम गरिएको हो । सहकारीले कालिञ्चोकमा आज पहिलो कार्यक्रम गरेको हो । कार्यक्रम जिल्लाका ९ वटा पालिका क्रमश गर्दै लगिने सहकारीका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले बताउनुभयो ।  
कार्यक्रममा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले सहकारी  कार्यक्रममा संस्था र गाउँपालिकाले समन्वय गरेर गर्न सक्ने कार्यक्रम,संस्थाको अवस्था, सहकारी संस्थाहरुले गरि रहेको गतिविधि,गाउँपालिको भूूमिका र अपेक्षाका विषयमा सहजीकरण गर्नुभएको थियो । कालिञ्चोक गाउँपालिकाको कार्यालयमा भएको जनप्रतिनिधिसंग जनसचेतन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कुल बहादुर बुढाथोकी,गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत नवराज वली,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,जनसचेतन सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहाल,जनसम्पर्क अधिकृत राजन दहाल,जनसचेतन सुन्द्रावती सेवा केन्द्र प्रमुख गणेश थामी लगायतको उपस्थिति रहेको थियो । 


 

प्रतिकृया दिनुहोस

कांग्रेस दोलखाले चयन गय्रो ११ जना महासमिति सदस्य,असन्तुष्ट पक्षद्धारा केन्द्रमा उजुरी

फागुन ३- नेपाली कांग्रेस दोलखाले १४ औँ महासमिति सदस्यमा ११ जनाको नाम छनौट गरी पार्टी केन्द्रमा सिफारिस गरेको छ। नेपाली कांग्रेस दोलखाले १४ औँ

ईश्वरी बस्नेतको संयोजकमा रामेछाप उपमेयर्स फोरम गठन

रामेछापमा उपमेयर्स फोरम गठनःसंयोजकमा ईश्वरी बस्नेत ईश्वरी बस्नेतको संयोजकत्वमा रामेछापमा स्थानीय तहका उपप्रमुख तथा प्रमुखहरुको उपमेयर्स फोरम गठन

योमरी पुन्हीको अवसरमा विद्यार्थीलाई योमरी बनाउन सिकाउँदै

योमरी पुन्हीको अवशरमा एपेक्स स्कुल चरिकोटले विद्यार्थीलाई योमरी बनाउने कला सिकाएको छ । दोलखा सदरमुकाम चरिकोट चरिघ्याङमा सञ्चालित स्कुलले