ईश्वरी बस्नेतको संयोजकमा रामेछाप उपमेयर्स फोरम गठन
रामेछापमा उपमेयर्स फोरम गठनःसंयोजकमा ईश्वरी बस्नेत ईश्वरी बस्नेतको संयोजकत्वमा रामेछापमा स्थानीय तहका उपप्रमुख तथा प्रमुखहरुको उपमेयर्स फोरम गठन गरिएको छ । सोमबार रामेछाप मन्थली नगरपालिकामा सम्पन्न न्यायिक समितीको अन्तरपालिकास्तरीय बैठकले ८ सदस्यीय फोरम गठन गरेको हो । फोरममा रामेछाप नगरपालिकाका उपमेयर बालकुमारी थापा कार्की सहसंयोजक रहनुभएको छ भने अन्य ६ पालिकाका उपाध्यक्षहरु सदस्य रहनु भएको जनाइएको छ ।

स्थानीय तहमा सम्पादन गर्ने कामहरुको अनुभव आदान प्रदान गर्ने मुख्य उद्देश्य राखेर उपप्रमुख तथा उपाध्यक्षहरुको फोरम गठन गरेको द एसिया फाउण्डेशनका बागमती प्रदेश संयोजक उद्धबप्रसाद अधिकारीले बताउनुभयो । संयोजक अधिकारीका अनुसार पालिकाहरूको आपसी सिकाइ आदानप्रदान र बिषयगत समितिको भूुमिका तथा जिम्मेवारीमा एकरूपता ल्याउनका लागि सहयोग पुुग्ने छ । ‘न्यायिक सम्पादन लगायतका बिषयगत समितिका काममा सहज हुने नवगठित फोरमका संयोजक ईश्वरी बस्नेतको विश्वास छ । आफ्ना क्षेत्राधिकारमा संगठित रुपमा काम गर्न सहज हुने रामेछाप नगरपालिकाका उपमेयर एंवम् फोरमका सहसंयोजक बालकुमारी थापाको विश्वास छ । कार्यक्रममा सहभागी एक सहभागीले स्थानीय तहमा छलफल गर्नुपर्ने र स्पष्ट हुनु पर्ने सवाल धेरै भएकाले विषय एकरूपता र समाधान खोज्नका फोरम सहयोगी बन्ने सहभागी सदस्यको भनाइ छ । 
कार्यक्रममा रिनोभेशन नेपालका कार्यकारी निर्देशक रामबाबु नेपालले न्यायिक समिति सुचना व्यवस्थापन प्रणालीको प्रयोग र यसको प्रभावकारीका बारेमा प्रस्तुति गर्नुभएको थियो । सुचना व्यवस्थापन प्रणालीको प्रयोगले न्यायिक समितिलाई प्रक्रियागत रूपमा सहयोग पुग्नुका साथै कानुनी ढाँचाहरूमा लिखत तयार गर्न सहयोग पुग्ने धारणा राख्नुुभयो ।
जनसचेतनसंग सहकार्य गर्न गाउँपालिका तयारः अर्जुुन प्रसाद शिवाकोटी
फागुन १० दोलखाको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सहकारीसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कांग्रेस दोलखाले चयन गय्रो ११ जना महासमिति सदस्य,असन्तुष्ट पक्षद्धारा केन्द्रमा उजुरी
फागुन ३- नेपाली कांग्रेस दोलखाले १४ औँ महासमिति सदस्यमा ११ जनाको नाम छनौट गरी पार्टी केन्द्रमा सिफारिस गरेको छ। नेपाली कांग्रेस दोलखाले १४ औँ
योमरी पुन्हीको अवसरमा विद्यार्थीलाई योमरी बनाउन सिकाउँदै
योमरी पुन्हीको अवशरमा एपेक्स स्कुल चरिकोटले विद्यार्थीलाई योमरी बनाउने कला सिकाएको छ । दोलखा सदरमुकाम चरिकोट चरिघ्याङमा सञ्चालित स्कुलले





प्रतिकृया दिनुहोस