कांग्रेस दोलखाले चयन गय्रो ११ जना महासमिति सदस्य,असन्तुष्ट पक्षद्धारा केन्द्रमा उजुरी
फागुन ३- नेपाली कांग्रेस दोलखाले १४ औँ महासमिति सदस्यमा ११ जनाको नाम छनौट गरी पार्टी केन्द्रमा सिफारिस गरेको छ। नेपाली कांग्रेस दोलखाले १४ औँ महासमिति सदस्यका लागि खुल्लातर्फ ५ र खुल्ला महिलातर्फ दुई सहित ११ जना महासमिति सदस्य छनौट गरी पठाएको हो । खुल्लातर्फ पूर्व सभापति तारा बहादुर कोइराला, नेता इश्वर नारायण मानन्धर, सन्तोष पाण्डे, बाबुकाजी बस्नेत र जयराम श्रेष्ठ तथा खुल्ला महिलातर्फ सिर्जना सुवेदी र गीता शिवाकोटी महासमिति सदस्य चयन भएका छन् ।यस्तै खस आर्य पुरुषतर्फ भवेन्द्र कार्की, खस आर्य महिलातर्फ रोचना उप्रेती, जनजाति पुरुषतर्फ च्याङा शेर्पा र जनजाति महिलातर्फ मोती मोक्तानलाई छनौट गरिएको कांग्रेस दोलखाका सभापति बर्मा लामाल जानकारी दिनुभयो ।उहाँका अनुसार कांग्रेस दोलखाको विभिन्न मिति र चरणमा भएको जिल्ला कार्यसमिति, कार्यसम्पादन समिति,केन्द्रिय सदस्यहरु तथा पूर्व पार्टी सभापतिहरुको संयुक्त बैठकबाट सर्वसम्मत रुपमा महासमिति सदस्य छनौट गरेको हो। त्यसैगरी महासमिति सदस्यको दावी गरेका चार जना महाधिवेशन प्रतिनिधिले विधान विपरित सिफारिस गरिएको भन्दै पार्टी केन्द्रको निर्वाचन समितिमा उजुरी दिनुभएको पाईएको छ । महाधिवेशन प्रतिनिधिहरु उर्मिला कार्की, जयराम श्रेष्ठ, कुमार अधिकारी, गौरव कुमार लामा र प्रभुराम श्रेष्ठले निर्वाचन प्रकृया अवरुद्ध गरी मनोमानी ढंगले महासमिति सदस्य चयन गरिएको भन्दै केन्द्रिय निर्वाचन समितीमा उजुरी दिईएका हुन् ।
जनसचेतनसंग सहकार्य गर्न गाउँपालिका तयारः अर्जुुन प्रसाद शिवाकोटी
फागुन १० दोलखाको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सहकारीसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
ईश्वरी बस्नेतको संयोजकमा रामेछाप उपमेयर्स फोरम गठन
रामेछापमा उपमेयर्स फोरम गठनःसंयोजकमा ईश्वरी बस्नेत ईश्वरी बस्नेतको संयोजकत्वमा रामेछापमा स्थानीय तहका उपप्रमुख तथा प्रमुखहरुको उपमेयर्स फोरम गठन
योमरी पुन्हीको अवसरमा विद्यार्थीलाई योमरी बनाउन सिकाउँदै
योमरी पुन्हीको अवशरमा एपेक्स स्कुल चरिकोटले विद्यार्थीलाई योमरी बनाउने कला सिकाएको छ । दोलखा सदरमुकाम चरिकोट चरिघ्याङमा सञ्चालित स्कुलले





प्रतिकृया दिनुहोस