प्रधानमन्त्री ओलीलाई दिल्लीमा भारतीय गृहमन्त्रीले गरे स्वागत

नयाँ दिल्ली, चैत २३ । प्रधानमन्त्री केपी ओली तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् ।

उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको स्वागतमा भारतका अर्थ राज्यमन्त्री शिव प्रताव शुक्ला पनि सहभागी थिए ।

प्रधानमन्त्री ओली बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमानमा दिल्ली प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओलीको स्वागतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै विमानस्थल आउन सक्ने सम्भावना औंल्याइएको भए पनि उनी स्वागतमा आएनन् । भारतले प्रधानमन्त्री ओलीको स्वागतमा कसलाई पठाउने भन्ने सार्वजनिक गरेको थिएन ।

प्रधानमन्त्री ओली विमानस्थलबाट राष्ट्रपति भवनतर्फ प्रस्थान गरेका छन् । उनी राष्ट्रपति भवन मै अतिथीका रुपमा रहनेछन् । इमेज खबरबाट

 

प्रतिकृया दिनुहोस

फुकुओका नेपाल सोसाइटीको कोषाध्यक्षमा दोलखाका भुवन कृष्ण घिमिरे निर्वाचित 

साउन २ फुकुओका नेपाल सोसाइटीको २७ औँ  अधिबेशनबाट कोषाध्यक्षमा दोलखाका भुवन कृष्ण घिमिरे निर्वाचित हुनु भएको छ ।  जापानको फुकुओकामा सम्पन्न २७

फुकुओकामा नेपाली विद्यार्थीलाई लक्षित गर्दै स्युसोकु सेचुमेईखाई कार्यक्रम 

कार्तिक २८- जापानको फुकुओकामा नेपाली विद्यार्थीलाई लक्षित गर्दै स्युसोकु सेचुमेईखाई कार्यक्रम  सम्पन्न भएको छ । फुकुओका नेपाल सोसाईटीको

दोलखाको तामाकोसी नदीमा एक विदेशी नागरिकको शब फेला

दोलखाको तामाकोसी नदीमा एक विदेशी नागरिकको शब फेला परेको छ । दोलखाको उत्तरी सिमा लप्ची घुम्र गएका विदेशी पर्यटक भ्रमण सकेर फर्कदा तामाकोशी नदीमा