दोलखाको तामाकोसी नदीमा एक विदेशी नागरिकको शब फेला

दोलखाको तामाकोसी नदीमा एक विदेशी नागरिकको शब फेला परेको छ । दोलखाको उत्तरी सिमा लप्ची घुम्र गएका विदेशी पर्यटक भ्रमण सकेर फर्कदा तामाकोशी नदीमा चिप्लिएर खसेको र नदीले बगाउँदा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरीक्षक सेते तमाङले जानकारी दिनुभयो ।  उहाँका अनुसार श्रीमतीका साथ ल्याटभिया देशबाट घुम्न आउनुभएका ३२ बर्षीय नागरिक कोन्सटान्टिस तोडोडीनीक्कोभ आज दिउँसो साँढे १ बजे लप्सी भ्रमण सकेर लामबगर फर्कने क्रममा चिप्लिएर तामाकोसी नदिमा खस्नुभएको थियो । नदिको विच ढुंगा र काठको चेपमा अड्केको अबस्थामा मृत अबस्थामा फेला पर्नुभएका तोडोडीनीक्कोभको शव नेपाली सेना नेपाल प्रहरी शसस्त्र प्रहरीको सक्रियतामा नदि बाट निकालिएको छ ।

दोलखाको सुरीमा पोखरीमा डुबेर एक बालकको मुत्यु भएको छ ।
गौरिशंकर गाउँपालिका वडा नम्बर ५ सुरी स्थित लहरेमानेका दोर्जे शेर्पाका ५ वर्षिय छोरा छिरिङदावा शेर्पाको घर नजिकै बनाईएको पोखरीमा डुवेर मुत्यु भएको इलाका प्रहरी कार्यालय सिँगटीका प्रहरी निरिक्षक सुन्जीत तमाङले जानकारी दिनुभयो । उहाँका अनुसार घर भन्दा ५ सय मिटरको दुरीमा रहेको भेडालाई पानी खुलाउन बनाईएको पोखरीमा डुबेर मुत्यु भएको हो ।
 

प्रतिकृया दिनुहोस

फुकुओका नेपाल सोसाइटीको कोषाध्यक्षमा दोलखाका भुवन कृष्ण घिमिरे निर्वाचित 

साउन २ फुकुओका नेपाल सोसाइटीको २७ औँ  अधिबेशनबाट कोषाध्यक्षमा दोलखाका भुवन कृष्ण घिमिरे निर्वाचित हुनु भएको छ ।  जापानको फुकुओकामा सम्पन्न २७

फुकुओकामा नेपाली विद्यार्थीलाई लक्षित गर्दै स्युसोकु सेचुमेईखाई कार्यक्रम 

कार्तिक २८- जापानको फुकुओकामा नेपाली विद्यार्थीलाई लक्षित गर्दै स्युसोकु सेचुमेईखाई कार्यक्रम  सम्पन्न भएको छ । फुकुओका नेपाल सोसाईटीको

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक