फुकुओकामा नेपाली विद्यार्थीलाई लक्षित गर्दै स्युसोकु सेचुमेईखाई कार्यक्रम 


कार्तिक २८- जापानको फुकुओकामा नेपाली विद्यार्थीलाई लक्षित गर्दै स्युसोकु सेचुमेईखाई कार्यक्रम  सम्पन्न भएको छ । फुकुओका नेपाल सोसाईटीको  आयोजना तथा  कोकुसाई हिरोबाको सहआयोजना तथा एनआरएन क्युसु ,जनजाती महासंघ क्युसु ,नेपाल जापान फ्रेन्डशिप लाईन्स क्लव ,मोना क्युसुको सहयोगमा स्युसोकु सेचुमेईखाई कार्यक्रम आयोजना गरिएको हो । जापानमा रहेका  नेपाली विद्यार्थीहरु र  अध्ययन सकिएपछि जापानको कुनै पनि  कम्पनीमा स्युसोकु गर्ने अबसर मिलोस र उनिहरुको  भविष्य उज्वल होस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको हो ।अहिलेको  कोरोनाको जटिल अवस्थामा कामको लाग  कम्पनि खोज्दै गरेका  नेपालीहरुलाई सो कार्यक्रमले सहयोग पूग्ने विश्वास आयोजकले लिएको छ ।फुकुओका नेपाल सोसाईटी उपाध्यक्ष इन्द्र प्रसाद घलेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका सहसंयोजक सस्थाका सह ९सचिब  दिपक विक, कोकुसाई हिरोबाका वान सामा ,आराई सामा, सोसाईटीका पूर्व अध्यक्ष दिपक देबकोटा , मोना क्युसुका अध्यक्ष तथा सोसाईटीका सदस्य उज्जवल बानियाँ, सोसाईटीका बर्तामान अध्यक्ष माधब  प्रसाद सिग्देल, पुर्ब अध्यक्ष पुरुषोत्तम सिग्देल ,एनआरएन क्युसु उप ९संयोजक भिम गुरुङ ,एनआरएन क्युसु सदस्य भिम बुढाथोकी  लगाएत कार्य समिती सदस्यहरुको  सहभागिता रहेको थियो । फुकुओका नेपाल सोसाईटीले कोरोनाका कारण प्रभावित भएका विद्यार्थीहरुको लागि विभिन्न काम गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

फुकुओका नेपाल सोसाइटीको कोषाध्यक्षमा दोलखाका भुवन कृष्ण घिमिरे निर्वाचित 

साउन २ फुकुओका नेपाल सोसाइटीको २७ औँ  अधिबेशनबाट कोषाध्यक्षमा दोलखाका भुवन कृष्ण घिमिरे निर्वाचित हुनु भएको छ ।  जापानको फुकुओकामा सम्पन्न २७

दोलखाको तामाकोसी नदीमा एक विदेशी नागरिकको शब फेला

दोलखाको तामाकोसी नदीमा एक विदेशी नागरिकको शब फेला परेको छ । दोलखाको उत्तरी सिमा लप्ची घुम्र गएका विदेशी पर्यटक भ्रमण सकेर फर्कदा तामाकोशी नदीमा

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक