मजदुरहरुका लागि एक दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न 


जेठ १३- विश्वका मजदुर एक हौ भन्ने मुलनाराका साथ  दोलखाको सदरमुकाम चरिकोटमा  मजदुरहरुका लागि एक दिने क्षमता अभिबृद्धि सम्वनधी तालिम आज सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) दोलखाको आयोजना र भीमेश्वर नगरपालिकाको सहआयोजनमा भएको तालिममा नेपाल ट्रेड युनियन महासंघ बागमति प्रदेश कमीटीका अध्यक्ष रामहरि नेपाल र बागमती प्रदेश कमीटीका सचिव कृष्ण रिमालले श्रमडेक्सको महत्व,सामाजिक सुरक्षा,श्रमिक पञ्जीकरण,श्रमीकहरुको हर्क अधिकार लगायतको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सहभागीले श्रमीकको हर्क अधिकार कार्यान्वय हुन नसकेको मजदुरहरुले ज्यालामा विभेद हुने गरेको लगायतको बारेमा गुनासो गर्नुभएको थियो । नेपाल ट्रेड युनियन महासंघ दोलखाका अध्यक्ष दान बहादुर बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका ६० जना भन्दा बढि मजदुरहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्नुहुदैँ भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेतले श्रमीकहरुलाई संगठीत हुन अनुरोध गर्नुभएको छ । उहाँले जिल्लाभरीका मजदुरहरु संगठीत  रुपमा एक हुनुपर्ने बताउनु भएको हो । त्यसैगरी कार्यक्रममा नेकपा एमाले भीमेश्वर नगरपालिका कमीटीका अध्यक्ष भोला खतीवडाले श्रमीकहरुको हर्क अधिकार सुनिश्चित गर्नका लागि मजदुरहरुनै लागिपर्नु पर्ने बताउनु भएको छ ।
 

प्रतिकृया दिनुहोस

दलहरुको बीचमा जनताको लागि प्रतिप्रर्धा हुने  कांग्रेस नेता सिटौलाको भनाई 

जेठ १७-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलहरुको बीचमा जनताको लागि प्रतिप्रर्धा हुने गरेको बताउनु भएको छ । उहाँले राजनीतिक दल र नेताहरु

दोलखाको फस्कुकी एक किशोरी १२ दिनदेखी वेपत्ता 

माघ १३ -दोलखाको शैलुङ गाउँपालिकाकी एक किशोरी काठमाडौंबाट वेपत्ता हुनुभएको छ । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्वर ७ का सोनी तमाङ बिगत १२ दिन देखी

टसि शेर्पाको अध्यक्षतामा नेपाल शेर्पा विद्यार्थी संघ  दोलखा गठन 

फागुन १९ नेपाल शेर्पा विद्यार्थी संघ दोलखाको चौथौ जिल्ला अधिवेशन आज  चरिकोटमा सम्पन्न भएको छ।  साधारण सभाको नेपाल शेर्पा संघ केन्द्रिय उपाध्यक्ष