टसि शेर्पाको अध्यक्षतामा नेपाल शेर्पा विद्यार्थी संघ दोलखा गठन
फागुन १९
नेपाल शेर्पा विद्यार्थी संघ दोलखाको चौथौ जिल्ला अधिवेशन आज चरिकोटमा सम्पन्न भएको छ। साधारण सभाको नेपाल शेर्पा संघ केन्द्रिय उपाध्यक्ष आङ्निमा शेर्पाले एक कार्यक्रमका विच उद्घाटन गर्नु भएको थियो । अधिवेशनले टसि शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षहरुमा पेमा जाङ्मु शेर्पा, आङ्दावा शेर्पा, दावापेन्जु शेर्पा रहनु भएको छ भने सचिवमा पेमु शेर्पा, सहसचिवमा दावा सोनाम शेर्पा र कोषाध्यक्षमा पासाङ दोर्जे शेर्पा चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा लाम्पा पासाङ शेर्पा, दामिङ्ङ्मा शेर्पा, सोन्वुटी शेर्पा, साङ्लामु शेर्पा र दावा ओङ्मु शेर्पा रहनु भएको छ । टशी शेर्पाको सभापतित्वमा भएकोे कार्यक्रममा नेपाल शेर्पा विद्यार्थी संघ केन्द्रिय कार्यवाहक अध्यक्ष छिरिङ शेर्पा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दलहरुको बीचमा जनताको लागि प्रतिप्रर्धा हुने कांग्रेस नेता सिटौलाको भनाई
जेठ १७-नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दलहरुको बीचमा जनताको लागि प्रतिप्रर्धा हुने गरेको बताउनु भएको छ । उहाँले राजनीतिक दल र नेताहरु
मजदुरहरुका लागि एक दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न
जेठ १३- विश्वका मजदुर एक हौ भन्ने मुलनाराका साथ दोलखाको सदरमुकाम चरिकोटमा मजदुरहरुका लागि एक दिने क्षमता अभिबृद्धि सम्वनधी तालिम आज सम्पन्न
दोलखाको फस्कुकी एक किशोरी १२ दिनदेखी वेपत्ता
माघ १३ -दोलखाको शैलुङ गाउँपालिकाकी एक किशोरी काठमाडौंबाट वेपत्ता हुनुभएको छ । जिल्लाको शैलुङ गाउँपालिका वडा नम्वर ७ का सोनी तमाङ बिगत १२ दिन देखी





प्रतिकृया दिनुहोस