हाम्रो जनकल्याण सहकारीको आयोजनामा लामो दुरीको दौड प्रतियोगिता 


फागुन ९ 
हाम्रो जनकल्याण बचत तथा ऋणा सहकारी संस्था लि. ले दोलखा जिल्लाबाट धावकहरुको विकास र विस्तारमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गर्दै आएको लामो दुरीको दौड प्रतियोगिता २०८१ सम्पन्न गरेको छ ।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिकामा रहेका माध्यमिक तह कक्षा ८–१० मा अध्ययनरत छात्रछात्रा सहभागी हुने दौड प्रतियोगितामा छात्रातर्फ १३ जना र छात्रतर्फ १४ जनाको सहभागिता रहेको थियो । निर्धारित दुरी सात मिनेट ३७ सेकेन्डामा पार गरी भीम माध्यमिक विद्यालय दोलखाका दृशिका श्रेष्ठ प्रथम हुनु भएको छ भने छात्रतर्फ ९ मिनेट १८ सेकेन्डमा पूरा गरी भीम माध्यमिक विद्यालयका विष्णु थामीले प्रथम स्थान हासिल गर्नुभएको छ । सोही अनुसार छात्रातर्फ क्षमावती माध्यमिक विद्यालयका सुस्मिता थामी द्वितीय, कालिञ्चोक माध्यमिक विद्यालयका पेमाडोल्मा तामाङ तृतीय र सान्त्वाना २ जनामा सुर्के माध्यमिक विद्यालय खरिढुंगाका ऋृतु तामाङ र अल्पाइन पब्लिक स्कुलका पुजा गौतम रहनुभएको छ । सोही अनुसार छात्रतर्फ कालिञ्चोक माध्यमिक विद्यायका रुपेश तामाङ द्वितीय, सर्व माध्यमिक विद्यालय जिलूका यमन बुढाथोकी तृतीय र सान्त्वना २ जनामा क्षमावती माध्यमिक विद्यालय र महेन्द्रोदय माध्यमिक विद्यालय माटीका सन्तोष बोहोरा रहनुभएको छ । 
विजयी धावकहरुलाई पुरस्कार तथा मेडल वितरण गर्दै कार्यक्रममा  भीमेश्वर नगरपालिका नगर प्रमुख  ईश्वरनारायण मानन्धरले खेल क्षेत्रका विकासले समाजलाई अनुशासित र क्रियाशील बनाउने भएकाले बचत तथा ऋण परिचालनसँगै विद्यालयसँगको सहकार्यमा हाम्रो जनकल्याण साकोसको लामो दुरीको दौड प्रतियोगिता आयोजनाले सहकारीप्रतिको थप विश्वास र जिम्मेवारी बोध भएको बताउनुभयो । युवाहरुलाई दौडप्रति जागरुक बनाउँद आगामी दिनका जिल्ला तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत दोलखाको प्रतिनिधित्व गराउन सकिने बताउँदै नगरप्रमुख मानान्धरले भीमेश्वर नगरपालिका पनि खेल क्षेत्रका विकासमा सँगसँगै रहेको बताउनु भयो । संस्थाका अध्यक्ष राजन श्रेष्ठले संस्थाले वार्षिक कार्यक्रम नै तयारी गरी शेयर सदस्यको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका अलवा सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि उदाहरणीय कार्य गरेको बताउँदै दौड प्रतियोगिताले विद्यार्थीहरुमा सहकारीप्रतिको सकारात्मक धारणाको विकास गरी युवा उद्यमशीलता बढाउने बताउनु भयो । दौड प्रतियोगितामा प्रथम हुने धावकलाई ७ हजार, द्वितीय हुने धावकलाई ५ हजार, तृतीय हुने धावकलाई ३ हजार र सान्त्वना दुई दुई जनालाई १५ सय नगद र मेडल प्रदान गरिएको थियो । त्यसैगरी छात्र तथा छात्रा प्रथम हुने भीम माध्यमिक विद्यालयलाई उत्कृष्ट विद्यालय शिल्ड प्रदान गरिएको थियो । 
कार्यक्रमको औचित्यता र सहकारीको दीर्घकालिन सोंच सहित संयुक्त राष्ट्र संघले सन २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रुपमा घोषणा गरेकोमा  संयुक्त राष्ट्र संघ दिगो विकास लक्ष्यका १७ वटा सूचकहरुलाई समेत आधार बनाई गतिविधि सञ्चालनको तयारी भएको बताउँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले आर्थिक संकुचनलले निम्तिएको समस्या र सहकारीप्रतिको नकारात्मक दृष्टिकोणलाई चिर्नपनि सामाजिक गतिविधिमार्फत हाम्रो जनकल्याण साकोस समुदायमा क्रियाशील रहेको बताउनुभयो । सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म हेडक्वाटर चरिकोट, जिल्ला प्रहरी कार्यालय दोलखा, जिल्ला ट्राफिक कार्यालय दोलखा र च्छोरोल्पा अस्पताल प्रालिसँगको प्राविधिक सहयोगमा सम्पन्न दौड प्रतियोगितामा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी शर्मा फुयाल, बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, सहकारी शाखा भीमेश्वर नगरपालिकाका बरिष्ठ अधिकृत नारायण प्रसाद सेढाई, सशस्त्र प्रहरी बल १८ नम्बर गुल्म हेडक्वाटर चरिकोटका प्रहरी निरीक्षक बिष्णु श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालय चरिकोटका इन्चार्ज ठाकुर भट्टराई, प्रहरी चौकी सातदोबाटोका इन्चार्ज  महोम्मद राहद हुसेन गद्दी, सञ्चारकर्मी, संस्थाका सञ्चालक, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो । हाम्रो जनकल्याण साकोसको माघ मसान्तसम्ममा ८६ करोड ३८ लाख ६४ हजार रुपैयाँ बराबरको वासलात रहेको छ भने १० हजारभन्दा बढी शेयर सदस्य रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

मेलुङ गाउँपालिका स्तरीय  राष्ट्रपति रनिङ शिल्डको  उपाधी डाडाखर्क माविलाई 

  मंसिर २४  मेलुङ गाउँपालिका अन्तर विद्याल स्तरीय  चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को  उपाधी डाडाखर्क माविले जितेको छ ।   मेलुङ

मेलुङ गाउँपालिका स्तरीय  राष्ट्रपति रनिङ शिल्डको  उपाधी डाडाखर्क माविलाई 

  मंसिर २४  मेलुङ गाउँपालिका अन्तर विद्याल स्तरीय  चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को  उपाधी डाडाखर्क माविले जितेको छ ।   मेलुङ

भुमेस्थान मावि मेलुङ ३ मा बाल दिवसको अवसरमा  विभिन्न प्रतियोगीता  आयोजना

भदौ २८ दोलखाको मेलुङ गाउँपालिका ३  मा रहेको भुमेस्थान माविमा बाल दिवसको अबसरमा  विभिन्न प्रतियोगीता कार्यक्रम आयोजना गरिएको छ ।  बाल दिवसको