दोलखाको वैतेश्वरमा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
दोलखाको वैतेश्वर गाउँपालिकामा दोस्रो अध्यक्ष कप दोलखा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ् ।दोलखाको वैतेश्वर गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप दोलखा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ् । गाउँपालिकाको वडा नम्बर–३ मिर्गेको खेलमैदान प्रतियोगिताको बागमती प्रदेश सदस्य कुन्दनराज काफ्ले र वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले संयुक्तरूपमा उद्घाटन गर्नु भएको थियो । प्रतियोगीताको उद्घाटन गर्दै बागमती प्रदेश सदस्य काफ्लेले वैतेश्वर गाउँपालिका स्थानीय विकास निर्माण संगै खेल खेलकुद क्षेत्रलाई पनि अब्बल रूपमा विकास गर्न लगानी गरिरहेको बताउनु भयो। नेता काफ्लेले वैतेश्वरको मिर्गेमा जारी भलिबल प्रतियोगितामा अनुसाशित बनेर खेल खेल्न सहभागी सबै खेलाडीलाई अनुरोध गर्नु भयो। दोश्रो अध्यक्ष कपको भलिबल प्रतियोगिता बैतेश्वर गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष भाइराम बुढाथोकीको सभापतित्वमा सुरु भएको हो । प्रतियोगितामा बैतेश्वर गाउँपालिकाको अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती,वैतेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली,वडा अध्यक्षहरु भिम बहादुर तामाङ,श्याम कुमार घिसिङ, कमल अधिकारी,कुमार चौलागाईं,शान्तबहादुर जिरेल,प्रशासन प्रमुख रबिन्द्र चौलागाईं,पालिका प्रमुख इन्जिनियर युधिष्ठर केसी, सुचना अधिकारी रोशन कुमार गिरीले लगायतको उपस्थितिमा खेलको उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा वडानम्बर–३ मिर्गेले स्थानीय पञ्चे बाजा प्रदर्शनी गरेको थियो भने वडा नम्बर–८ क्षत्रपाले स्थानीय झार्की प्रदर्शनी र खैजडी भजन प्रदर्शनी,स्काउटका टोलीले मार्च पासका साथ उद्घाटन गरिएको छ । प्रतियोगितामा आयोजक पालिकाको ए र बि टिम सहित प्रतियोगितामा जिरी नगरपालिका,तामाकोसी गाउँपालिका,मेलुङ गाउँपालिका, गौरीशंकर ,कालिन्चोकको टिम सिंगटि र विगु सहभागी रहेका छन्। उद्घाटन खेल जिरी नगरपालिका र तामाकोसी गाउँपालिका बिच भएको थियो । पहिलो लिग चरणको आजको खेलमा जिरी नगरपालिकाले जितहात पारेको छ्।त्यस्तै लिग चरणकै दोस्रो खेल कालिञ्चोक सिँगटि र मेलुङ विचको खेल जारी रहेकोे छ् ।वैतेश्वर गाउँपालिका मुख्य आयोजक रहेको दोश्रो अध्यक्षकप खुल्ला पुरुष भलिबल प्रतियोगिता २८ गतेसम्म ३ दिन संचालन हुनेछप्रतियोगीतामा प्रथमले १ लाख ४० हजार, दितियले १ लाख रुपैयाँँ तृतियले ६७ हजार रुपैयाँ र सान्त्वना हुने २७ हजार रुपैयाँ सहित ट्रफि मेडल प्राप्त गर्ने छन् ।
हाम्रो जनकल्याण सहकारीको आयोजनामा लामो दुरीको दौड प्रतियोगिता
फागुन ९ हाम्रो जनकल्याण बचत तथा ऋणा सहकारी संस्था लि. ले दोलखा जिल्लाबाट धावकहरुको विकास र विस्तारमा सहयोग पु¥याउने उद्देश्यले आयोजना गर्दै आएको
मेलुङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी डाडाखर्क माविलाई
मंसिर २४ मेलुङ गाउँपालिका अन्तर विद्याल स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधी डाडाखर्क माविले जितेको छ । मेलुङ
मेलुङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी डाडाखर्क माविलाई
मंसिर २४ मेलुङ गाउँपालिका अन्तर विद्याल स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को उपाधी डाडाखर्क माविले जितेको छ । मेलुङ





प्रतिकृया दिनुहोस