नेकपा एमालेले सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्राको टोली भोली दोलखा आईपुग्ने  मंसिर २४

नेकपा एमालेले सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्राको टोली भोली दोलखा आईपुग्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रको टोली ’भोली दोलखा आईपुग्ने कार्यक्रम रहेको हो ।अध्यक्ष ओली सहितका शिर्षस्थ नेताहरु दोलखा आउने भएपछि एमाले दोलखाले भव्य स्वागत सहित जिल्लाको विकासले एजेण्डा उठाउने तयारी गरिएको एमाले जिल्ला आयोजनक कमीटी संयोजक नर बहादुर श्रेष्ठले जानकारी दिनुभयो । यात्राको टोलीलाई चीनसँग जोडिएको लामाबगर–फलाकनाका, उत्तरदक्षिण लोकमार्ग, फिल्मसिटी, खरिदुङगा म्याग्नेसाईट, विमानस्थल, तामाकोशी तेस्रो लगायतका योजनाबारे उच्च प्राथमिकताका साथ ध्यानाकर्षण गराईने संयोजक श्रेष्ठले बताउनु भयो । एमाले अध्यक्ष ओली सहितको टोली भोली विहान धुलिखेलबाट सिन्धुपल्चोक हुँदै दोलखा आईपुग्ने कार्यक्रम छ । जिल्लाको खरिढुंगामा खाना खाएपछि भीमेश्वर नगरपालिकाको बिभिन्न स्थानमा भेटघाट गर्दै चरिकोट आईपुग्ने छ । सदरमुकाम चरिकोट बजारमा सांस्कृतिक झाँकी सहित ओलीसहितको यात्रा टोलीलाई भव्य स्वागतको तयारी गरिएको छ । चरिकोटमा हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरुले सम्बोधन गर्नुहुने छ । 

प्रतिकृया दिनुहोस

जयकाली वचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न

निशान बुढाथोकी, काठमाडौं  जयकाली वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ ।  काठमाडौंको ताम्सिपाखामा

व्यवसाय दर्ता प्रकृया सम्बन्धि प्रशिक्षण सहित उपासना तिज २०८१ काठमाडौंमा आयोजना

निशान बुढाथोकी, काठमाडौं  उपासना महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध व्यवसायी सदस्यहरुलाई व्यवसायदर्ता प्रकृया सम्बन्धि जानकारी तथा

 दोलखामा मनसुन सम्पर्क व्यक्ति तोकियो 

असार २० नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले मसुन सम्पर्क व्यक्ति तोकेको छ । विपदको क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी जिल्ला