भीनपा पाँच विद्यार्थीसँग देशका विशिष्ट व्यक्तिको भेट
बुना घिमिरे,मंसिर ८
मानिस स्वभावैले एकै स्थानमा बस्न चाहाँदैन । कुनै नयाँ स्थानमा गएर नयाँ नयाँ अनुभवहरु सँगाल्ने र ती अनुभवहरु आफ्ना साथीभाइ परिवारका सदस्यहरुलाई बाँड्ने सोच हरपल मानिसले बोकिरहेको हुन्छ । कुनै पनि व्यक्तिले जति कुरा एउटै स्थानमा बसेर सिक्छ त्यो भन्दा पनि बढी कुरा भ्रमणबाट सिक्दछ । भ्रमणबाट सिकेका कुराहरुलाई उसले आफ्ना व्यवहारिक रुपमा लागू गर्न सक्षम पनि हुन्छ । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ५ की सुप्रिया कार्की केहि दिन अगि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रमा पुग्नु भयो । कार्की सहित कार्कीका १ सय २ जना साथी राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका सामाग्रीबारे अवलोकन गर्दै केन्द्रका अध्यक्ष डाक्टर महाविर पुनलाई भेट्ने अबसर पाउनु भयो । सरल जिवनशैलिमा रहनु भएका पुनलाई आविष्कार केन्द्रमै पुगेर उहाँ सँग छलफल गर्दा ज्ञान बढेको कार्कीको भनाई छ । भीमेश्वर नगरपालिका वडा नम्बर पाँचले देशका विशिष्ट व्यक्तिसंग अन्तरक्रिया गराउन मंसिर ३ गते तिन दिने शैक्षिक अबलोकन भ्रमण लगेको थियो । वडाले बुढाभीमसेन मावि, महेन्द्रद्धोय मावि र आकुरा बोडिङ स्कुलका कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीलाई भ्रमणमा लगेको थियो । सो क्रममा विद्यार्थीहरुले पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला, मह जोडी अर्थात मदन कृष्ण श्रेष्ठ, हरिबंश आर्चाय, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महाविर पुनलाई भेटि साक्षत्कार गरेका छन् । यस्तै प्रशिद्ध तिर्थस्थल पशुपतिनाथ मन्दिर लगाएतका शक्तिपिठहरुको समेत अवलोकन गराइएको वडा अध्यक्ष बासु श्रेष्ठ जानकारी दिनुभयो ।
विद्यार्थीलाई सम्बोधन गर्नु हुर्दै पुर्व प्रधान मन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थीको भिजन फराकिलो बनाउनको लागि शैक्षिक अबलोकन भम्रण महत्वपुर्ण हुने बताउनु भएको छ । विद्यालयहरूले विद्यार्थीलाई घोकाएर भन्दा पनि उनिहरूको ईच्छा चाहाना अनुसार विद्यालय शिक्षा प्रदान गर्नु पर्ने बताउनु भयो । जति विद्यार्थीलाई शैक्षिक भम्रणको लागि लगिन्छ उनिहरूको भिजन सहित उनिहरु क्रिएटिभ हुने धारणा राख्नु भयो । ओलीलाई विद्यार्थीले समसामयिक जिज्ञासा समेत राखेका थिए । सो जिज्ञासालाई समेत ओलीले सम्बोधन गर्नु भएको थियो । आफ्नो सरकार हुदाँ शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण दिने जस्ता थुप्रै शैक्षिक कार्यक्रम सुरूवात गरेको बताउनु भयो ।
यस्तै आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन मह जोडी र डाक्टर भवन कोइरालाले विद्यार्थीसँग अन्र्तरक्रिया गर्न पाउदा खुसी व्यक्त गर्नु भयो । पढेर भन्दा पनि आँफैले देखेर बुझेको कुरा चीरस्थायी हुन्छ । यसरी लिएको ज्ञान विस्मरण पनि हुँदैन । जीवनमा भ्रमणबाट प्राप्त गरेका अनुभवहरुलाई अरुसँग बाँड्दा पनि छुट्टै आनन्द पनि आउने भएकाले विद्यार्थीको लागि यस्ता भ्रमण उपलब्धी मुलक बनेको बुढा भीमेसेन माविका प्रधानाध्यापक राजन कार्कीले बताउनु भयो । वडाले भ्रमणका लागि गरेको लगानी अत्यन्तै फलदायी भएको विश्वास व्यक्त गर्नु भयो ।
भ्रमणबाट विद्यार्थीहरुका अनुभूतिहरु संकलन गरेर वडाले ऐतिहासिक दस्तावेज गरि राख्ने बताएको छ । यसले भविष्यका लागि मार्गदर्शन पनि बन्ने र वडा र शिक्षकहरुका लागि समेत सिकाइको अवसर सहित शैक्षिक भ्रमण व्यवहारिक समेत हुने वडाध्यक्ष श्रेष्ठको भनाई छ । वडाले यस पनि वडामा रहेका जेष्ठ नागरीकहरुलाई राष्ट्रपती विद्यादेवि भण्डारी सहित देशका राष्ट्र प्रमुख सँग भेट गराएको थियो ।
जयकाली वचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न
निशान बुढाथोकी, काठमाडौं जयकाली वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंको ताम्सिपाखामा
व्यवसाय दर्ता प्रकृया सम्बन्धि प्रशिक्षण सहित उपासना तिज २०८१ काठमाडौंमा आयोजना
निशान बुढाथोकी, काठमाडौं उपासना महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आबद्ध व्यवसायी सदस्यहरुलाई व्यवसायदर्ता प्रकृया सम्बन्धि जानकारी तथा
दोलखामा मनसुन सम्पर्क व्यक्ति तोकियो
असार २० नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाले मसुन सम्पर्क व्यक्ति तोकेको छ । विपदको क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी जिल्ला





प्रतिकृया दिनुहोस