चरिकोट शहरी खानेपानीको मासिक महशुल निर्धारण

 

चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानीको मासिक महशुल निर्धारण गरेको छ । चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र भीमेश्वर नगरपालिकाबाट नै गठन भएको पानी महशुल निर्धारण कार्य दलको संयुक्त बैठकले गरेको सिफारिस अनुसार नै महशुल निर्धारण गरेर सूचना जारी गरैको छ । 
खानेपानी प्रयोग गरेवापत १५ हजार लिटरको २ सय,२० हाजर लिटरसम्म २ सय २५,२५ हजार लिटरसम्म २ सय ६० रुपैया महशुल निर्धारण गरिएको छ । ३० हजार लिटरसम्म ३ सय र ३० हजार लिटर माथि पानीको पानीको परिमाण अनुसार प्रति युनिट १५ देखि ३० सम्म थप रकम कायम गर्ने जनाएको छ ।  
चरिकोट खानेपानी तथा उपभोक्ता संस्था दोलखाले जारी गरेको सूचनामा उल्लेख भए अनुसार २०८० साल श्रावण महिनादेखि न्युनतम शुल्क २ सय लाग्ने छ भने भाद्र महिनादेखि ग्राहकको धारामा जडान मिटरको युनिट अनुसार शुल्क लाग्ने छ । 
चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रामकृष्ण केसीका अनुसार भाद्र महिना देखि सहजरुपमा खानेपानीको व्यवस्थापनको काम शुरु हुनेछ ।  
। अध्यक्ष केसीका अनुसार भीमेश्वर नगरपालिकाका ४ हजार ५ सय ७६ घरधुरीमा खानेपानी सेवा पुगिसकेको छ । यस आयोजनाबाट करिव ५ हजार धाराबाट दैनिक २२ हजार  उपभोक्ताहरू लाभान्वित हुनेछन । नगरपालिकाका वडा नं ३,६ र ४ का सबै घर धुरी र ५,६ र ७ का आँशिक घरधुरीमा सेवा पुगेको छ । खानेपानीको सेवा सञ्चालन भएपछि १४ करोड लिटर पानी मासिक आपूर्ति हुने छ भने १० करोड लिटर पानी मासिक खपत हुन्छ । ४ करोड लिटर पानी अझै बढी हुने छ ।

प्रतिकृया दिनुहोस