फोटो पत्रकार समूह जिल्ला शाखा दोलखाको अध्यक्षमा प्रलाद आचार्य


फागुन ११ राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा दोलखाको प्रथम जिल्ला अधिवेशन आज दोलखाको सदरमुकाम चरिकोट सम्पन्न भएको छ। अधिवेशनले प्रलाद आचार्यको अध्यक्षतामा ७ सदस्यीय राष्ट्रिय  फोटो पत्रकार  समुह गठन गरिएको छ। समूहको उपाध्यक्ष तारादेवी बस्नेत, सचिव गोविन्द थामी, सहसचिवमा सुजन थामी र कोषाध्यक्ष प्रकाश बस्नेत चयन हुनुभएको छ भने सदस्यहरुमा हिरालाल विश्वकर्मा अनीता लामा चयन हुनु भएको छ। राष्ट्रिय फोटो पत्रकार समुहको आयोजना र चरिकोट मिडिया फाउण्डेशनको सहकार्यमा भएको कार्यक्रम प्रेसकाउसील नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्णसारु मगर, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलागाई ,राष्ट्रिय फोटो पत्रकार समुहको केन्द्रीय कोषाध्यक्ष सागर श्रेष्ठ  र राष्ट्रिय फोटो पत्रकार समूह बागमति प्रदेश समुहको सचिव कुमार श्रेष्ठ लगायत मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रम चरिकोट मिडिया फाउण्डेशन दोलखाका अध्यक्षतामा भएको जिवन लामाको अध्यक्षतामा सम्पन्न भएको हो। दोलखामा क्रियाशिल फोटो पत्रकारहरुको साझा संस्थाको रुपमा जिल्ला शाखा गठन गरिएको हो ।
 

प्रतिकृया दिनुहोस