चरिकोट शहरी खानेपानीको मासिक महशुल निर्धारण
चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानीको मासिक महशुल निर्धारण गरेको छ । चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र भीमेश्वर नगरपालिकाबाट नै गठन भएको पानी महशुल निर्धारण कार्य दलको संयुक्त बैठकले गरेको सिफारिस अनुसार नै महशुल निर्धारण गरेर सूचना जारी गरैको छ ।
खानेपानी प्रयोग गरेवापत १५ हजार लिटरको २ सय,२० हाजर लिटरसम्म २ सय २५,२५ हजार लिटरसम्म २ सय ६० रुपैया महशुल निर्धारण गरिएको छ । ३० हजार लिटरसम्म ३ सय र ३० हजार लिटर माथि पानीको पानीको परिमाण अनुसार प्रति युनिट १५ देखि ३० सम्म थप रकम कायम गर्ने जनाएको छ ।
चरिकोट खानेपानी तथा उपभोक्ता संस्था दोलखाले जारी गरेको सूचनामा उल्लेख भए अनुसार २०८० साल श्रावण महिनादेखि न्युनतम शुल्क २ सय लाग्ने छ भने भाद्र महिनादेखि ग्राहकको धारामा जडान मिटरको युनिट अनुसार शुल्क लाग्ने छ ।
चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रामकृष्ण केसीका अनुसार भाद्र महिना देखि सहजरुपमा खानेपानीको व्यवस्थापनको काम शुरु हुनेछ ।
। अध्यक्ष केसीका अनुसार भीमेश्वर नगरपालिकाका ४ हजार ५ सय ७६ घरधुरीमा खानेपानी सेवा पुगिसकेको छ । यस आयोजनाबाट करिव ५ हजार धाराबाट दैनिक २२ हजार उपभोक्ताहरू लाभान्वित हुनेछन । नगरपालिकाका वडा नं ३,६ र ४ का सबै घर धुरी र ५,६ र ७ का आँशिक घरधुरीमा सेवा पुगेको छ । खानेपानीको सेवा सञ्चालन भएपछि १४ करोड लिटर पानी मासिक आपूर्ति हुने छ भने १० करोड लिटर पानी मासिक खपत हुन्छ । ४ करोड लिटर पानी अझै बढी हुने छ ।
फोटो पत्रकार समूह जिल्ला शाखा दोलखाको अध्यक्षमा प्रलाद आचार्य
फागुन ११ राष्ट्रिय फोटो पत्रकार समूह जिल्ला शाखा दोलखाको प्रथम जिल्ला अधिवेशन आज दोलखाको सदरमुकाम चरिकोट सम्पन्न भएको छ। अधिवेशनले प्रलाद







प्रतिकृया दिनुहोस