नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिको साधारण दोलखाको जिरीमा शुरु

 

नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिको तेस्रो साधारण आजबाट दोलखाको जिरीमा शुरु भएको छ ।
साधारण सभाको वागमती प्रदेशका मुख्य मन्त्री सालिगराम जम्कट्टेलले एक कार्यक्रमका बीच उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री जम्कट्टेलले दोलखाको विकास र पर्यटन प्रबद्र्वनको लागि प्रदेशले योजना बनाएको बताउनुभयो । जिरीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दोलखाको विकास र सम्बृद्धि प्रदेश सरकारको प्राथमिकता रहेको धारणा राख्नु भएको हो ।


नेपाल पत्रकार महासंघ वागमती प्रदेश समितिका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठ,पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्का, जिरी नगरपालिकाका नगरप्रमुख मित्र बहादुर जिरेल,नेपाल पत्रकार महासघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, केन्द्रीय सचिव सिर्जना अर्याल, केन्द्रीय सदस्य रमेश खतिवडा, प्रेसकाउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंकर चौलाईगााई र पत्रकार सम्भु गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । २१ गतेसम्म चल्ने सभामा वागमती प्रदेशका पत्रकारहरूको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार  शुशिला शर्मालाई

  माघ १  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक

अनुसन्धानमूलक लेख समाबेश ‘जिएस स्पार्क’ जर्नल बिमोचन

असोज २१ दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसले प्रकाशन गरेको अनुसन्धानमूलक लेखहरुको सङ्गालो ‘जिएस स्पार्क’ जर्नल शनिबार

सुशिला शर्मा न्यौपानेको  भुमरी उपन्यास विमोचन 

असोज २१ दोलखाका लेखक÷ साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार बिमोचन भएको छ । सदरमुकाम चरिकोटमा भानु विद्यापति