भानु विद्यापति साहित्यिक पुरस्कारबाट कवि मान बहादुर खड्का पुरस्कृत


 भानु विद्यापति साहित्यिक पुरस्कारबाट कवि मान बहादुर खड्का पुरस्कृत हुनु भएको छ । कला साहित्य र संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल कवि खड्कालाई २०९ औं भानु जयन्तीको अवसरमा भानु–विद्यापति साहित्य  प्रतिष्ठान दोलखाले ११ हजार १ सय ११ रुपैँया राशीसहित सम्मान गरेको हो । 
दोलखाको कला साहित्य र संस्कृतिको विकासका लागि सरकारी तहबाट ऐन बनाएर कार्यान्वयनको शुरुवात गर्ने काम भीमेश्वर नगरपालिका बाट भएको छ । जसको अवधारणाकर्ता,विचारक र निर्माणकर्ताको मुख्य भूमिका निर्वाह गर्न सफल मान बहादुर खड्कासंग तत्क्षण कविता सिर्जना गर्न सक्ने क्षमता समेत रहेको छ । 
कवि खड्काले यो वर्षमात्र ३ ओजपूर्ण पुरस्कार प्राप्त गर्नुभएको छ । 
कवि,गजलकार एवं साहित्यकार चिरञ्जीवी मास्केले जन्म दिन आमाको नाममा स्थापना गरेको विष्णुलक्ष्मी साहित्यिक पुरस्कार ०७८ बाट पुरस्कृत हुनु भएको छ भने भर्खरै कर्मचारीको नविन सोच÷इनोभेटिभ आईडिया प्रस्तुतिका लागि प्रतिभा डबली अन्तिम चरणको छनोटमा देशभरबाट खड्का दोस्रो उत्कृष्ट कर्मचारीमा छनौट हुनु भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खड्कालाई नगद पुरस्कार चालिस हजारसहित पुरस्कृत गरिएको थियो ।भानु विद्यापति साहित्यिक पुरस्कार पहिलो पुरस्कार हो ।
 उहाँ भीमेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतिको भूमिकामा रहनु भएको छ ।
 

प्रतिकृया दिनुहोस

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार  शुशिला शर्मालाई

  माघ १  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक

अनुसन्धानमूलक लेख समाबेश ‘जिएस स्पार्क’ जर्नल बिमोचन

असोज २१ दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशङ्कर बहुमुखी क्याम्पसले प्रकाशन गरेको अनुसन्धानमूलक लेखहरुको सङ्गालो ‘जिएस स्पार्क’ जर्नल शनिबार

सुशिला शर्मा न्यौपानेको  भुमरी उपन्यास विमोचन 

असोज २१ दोलखाका लेखक÷ साहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार बिमोचन भएको छ । सदरमुकाम चरिकोटमा भानु विद्यापति