विनाशकारी भुकम्प


विमला बुढाथोकी
४ बर्ष अघि २०७२ सालको वैशाख १२ गते । अर्थात आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो ।  विनाशकारी भूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लियो । १८ हजारभन्दा बढीलाई घाइते बनायो । आजकै दिन । मध्याह् ११ः५६ को समय थियो । सबै जना आ आफ्नो काममा व्यस्त थिए । काम गर्नेहरु काममै तल्लिन थिए । भने कोहि कोहि गफ । अनि कोहि घरका बाख्रा बस्तुलाई खोले पानी दिन त कोहि सरसफाई, खेतिपातिको काममा रमाईरहेका थिए । यहि समयमा एक्कासि घर हल्लियो । घर हल्लिएको केहि मिनेटमा कति घर ढले । त्यहि घरमा बसेका बयोबृद्ध, बालबालिकाहरु अनि कामको शिलशिलामा अफिसमा रहेका केहि कर्मचारीहरु । कठै कति मिठो सपना देखिरहेका थिए होलान । ति सपनाहरु एक अर्कामा साट्न नपाउँदै उनिहरुको ज्यान गयो । भुकम्प गए लगत्तै सबै जना एक अर्कामा सम्पर्कबिहिन भए । जति हातका औँला दुखाएर फोन ग¥यो । फोन लाग्ने छाँटकाँट नै थिएन । आफन्तहरुलाई सम्झेर रुन लागे । सबै जना आफु बसेको ठाउँ बाट बाहिर निस्केपछि आ आफ्नो आफन्त, घर परिवारको चिन्ता लाग्दो रहेछ । डर लाग्दो गरि घर ढलेपछि त केहि सोच्नै नसक्ने रहेछ । त्यसमा पनि जमिन नै भाँसिने गरि कम्पन आईरहँदा त बाँच्छौ भन्ने कल्पना नै गर्न सकिएन । जब बिपद आउँछ । त्यति बेला थाहा हुँदो रहेछ । हामिहरुको जिवन कति महत्वपुर्ण छ भनेर । दिनभर भुकम्प गयो । त्यसको डरले साथी सङग्सिँग खुल्ला ठाउँमा सँगै बसियो । जब विस्तारै रात पर्न थाल्यो । अनि त्रिपाल किन्न देखि लिएर कता बस्ने के गर्ने ठाउँहरु खोज्न थालियो । आफुलाई रातभर सुरक्षित राख्न एकैछिन्मा विभिन्न संरचनाको कटेजहरु तयार पारियो । आखिर त्यतिले मनको डर त काहाँ भाग्दो रहेछ र । रातभर आँखा अनिदो भयो । एक रात बस्नको लागि बनाईएको घर त्यति धेरै सुरक्षित त काहाँ लाग्दो रहेछ र । मनमा विभिन्न चिन्ता बिलकुलै हराएन । कतिपय अवस्थामा यस्तो पनि लाग्दो रहेछ कि । कहिँ केहि खाने कुरा पाउन पाए पनि मन कति खुशि हुने थियो । तर सम्भव थिएन् । पेटमा गडबढी भैरहेको थियो । भोकले होला पेट कराईरहेको थियो । जब भुकम्प गईरह्यो । मलाई एउटै प्रश्नले पिरोलि रह्यो । हामि आफुले बनाएका भौतिक संरचनाहरु कतै हाम्रो ज्यान लिन कै लागि त हैन? भुकम्प गएको ४ बर्ष वित्यो । तर पनि यो प्रश्नले खोजेको जवाफ पाउन सकिन । लाग्छ आफुले बुनेका लाखौ । करोडौ सपनाहरु । विनाश आयो भने हुरि बतास जसरी क्षणिकमै उडाएर सकाउने रहेछ । यस अघि त मलाई पनि लाग्त्यो । मानिसका करोडौ सपना हुन्छन । कोहि कसैले चाहेर पनि उडान सक्दैन् । अँह । यो विलकुलै फरक छ । चाह्यो भने विनाशले सक्दो रहेछ । भुकम्प गएको ४ बर्ष त सहजै वित्यो होला । तर तपाँई हाम्रो मनको पिडा चाहेर नि भुल्न सकिरहेका छैनौ । मस्त निन्द्रामा परेको बेला भुकम्प आईहाल्यो भने । सपना देख्दै किन नहौँ । उठेर दर्गुन । अनि आफन्तको  सम्झना आईहाल्छ । भनिन्छ नि । बनको बाघले खाओस् नखाओस्, मनको बाघले खाईदिन्छ । भने जस्तै । त्यो भन्दा फरक आफुमा पाउन सकिएन । आज पनि जति सुकै साना साना भुकम्पका परकम्प आउँछ । होस् हवास त काहाँ पुग्छ । पत्तै हुँदैन । प्रत्येक हप्ता शनिबार, म्गलबार अनि १२, १३ र २९ गते आउँछ । बैशाख लाई सम्झाईहाल्छ । मन झस्किन्छ । आज पनि भुकम्प आउने पो हो कि । 

प्रतिकृया दिनुहोस

परीक्षामा अनुतीर्ण बालबालिकामा उत्साह भर्न सिविन नेपालको अनुरोध

  एसईईमा अनुतीर्ण बालबालिकालाई हतोत्साहित नवन्न सिविन नेपालले आग्रह गरेको छ । २०८० सालको एसईईमा ५३ प्रतिशत विद्यार्थी परीक्षामा अनुर्तीण भएपछि

तामाकोशी सेयर “नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार”, -आनन्द पोखरेल 

रेडियो सैलुंग दोलखा ४५६ मेगावाटको राष्ट्रिय गौरवको  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बारेमा थाहा नपाउने नेपाली विरलै होलान । आज यो आयोजनाको

प्रचण्डलाई ओलीको सन्देशः शीरमा जनयुद्ध, शरीरमा ५०/५० हुन्न !

काठमाडौं । चैत १३ गते अपरान्ह नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कार्यदलमा रहेका