परीक्षामा अनुतीर्ण बालबालिकामा उत्साह भर्न सिविन नेपालको अनुरोध

 

एसईईमा अनुतीर्ण बालबालिकालाई हतोत्साहित नवन्न सिविन नेपालले आग्रह गरेको छ । २०८० सालको एसईईमा ५३ प्रतिशत विद्यार्थी परीक्षामा अनुर्तीण भएपछि विद्यार्थीमा निराशा बढेको भन्दै आत्मबल बढाउन सिविन नेपालले विज्ञप्ती मार्फत आग्रह गरेको हो ।
वर्तमान समयमा शिक्षा क्षेत्रमा गम्भीर आत्म समीक्षा गर्न जरुरी भएको सिविन नेपालले जनाएको छ । गत साता प्रकाशित भएको एसइइको नतिजालाई लिएर आत्महत्याका घटना भएको भन्दै समाज र सरकारले गम्भीर भएर समीक्षा गर्नु आवश्यक भएको बताएको हो ।
शिक्षा क्षेत्रमा देखिएको समस्या निराकरणका लागि सबैभन्दा बढी जिम्मेवार नेपाल सरकार नै भएकोले यसको निर्मम समीक्षा गर्न सिविन नेपालका प्रवक्ता कुमार भट्राईले सरकारलाई अनुरोध गर्नुभएको छ ।
सिविन नेपालले शनिवार विज्ञप्ती जारी गर्दै २०८० सालको एसईईमा ५३ प्रतिशत विद्यार्थी परीक्षामा अनुर्तीण भएपछि विद्यार्थीप्रति सहानुभूति र सद्भाव प्रकट गर्दै भविष्य विग्रियो भनेर नसम्झन समेत आग्रह गरेको छ । बालबालिकाका भावनालाई परिवार र साथीभाइसँग खुलेर व्यक्त गर्ने वातावरण मिलाइदिन परिवार र सरोकारवालालाई सिविन नेपालको अनुरोध छ ।
बालबालिका अनुतीर्ण भएको समयमा घर परिवार, विद्यालय र समुदायको सकारात्मक व्यवहारले गर्दा बालबालिकाको मानसिक स्वास्थ्य प्रबर्द्धन गर्न र मानसिक समस्याहरु आउनबाट रोक्न सकिने भन्दै बालबालिकामा फरक व्यवहार आएमा मानसिक स्वास्थ्यकमीसंग सम्पर्क गर्न पनि सिविन नेपालले विज्ञप्तीमार्फत अनुरोध गरेको हो ।
आपतकालीन अवस्थामा सहयोगका लागि पनि सिविनको अनुरोध छ । बालहेल्पलाईन नेपाल १०९८ र मनोसामाजिक परामर्श एवं मानसिक स्वास्थ्य सेवाको लागि १६६००११०६६६ वा ९८४१३१०९९८ मा फोन गर्न अनुरोध गर्दै बालबालिकाको शिक्षाको अधिकार र समग्र विकासमा अभिभावक, विद्यालय, समुदाय र सरोकारवालाहरुको पूर्ण सहयोग र सद्भाव कायम रहोस भन्नेसमेत सिविन कामना गरेको छ ।

 

प्रतिकृया दिनुहोस

विनाशकारी भुकम्प

विमला बुढाथोकी ४ बर्ष अघि २०७२ सालको वैशाख १२ गते । अर्थात आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

तामाकोशी सेयर “नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार”, -आनन्द पोखरेल 

रेडियो सैलुंग दोलखा ४५६ मेगावाटको राष्ट्रिय गौरवको  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बारेमा थाहा नपाउने नेपाली विरलै होलान । आज यो आयोजनाको

प्रचण्डलाई ओलीको सन्देशः शीरमा जनयुद्ध, शरीरमा ५०/५० हुन्न !

काठमाडौं । चैत १३ गते अपरान्ह नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कार्यदलमा रहेका