दोलखाको मेलुङमा एक पुरुषको लडेर मृत्यु
साउन १८ -दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर २ का एक पुरुषको लडेर मृत्यु भएको छ । जिल्लाको मेलुङ गाउँपालिका वडा नम्वर २ का अन्दाजी ४२ वर्षीय आशिष कुमार कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्की हिजो बेलुकी साँझ आफ्नै घरको पिँढीबाट आँगनमा चिप्लिएर लडेर घाइते हुनुभएको थियो । घरमै सामान्य उपचारपछि अवस्था गम्भीर भएपछि बेलुकानै थप उपचारका लागि सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गर्नुभएको थियो । उहाँको शवलाई अहिले पोष्टमार्टमको लागि अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
शिक्षा विधेयक संशोधनको माग गर्दै प्याब्सन दोलखाले बुझायो ज्ञापन पत्र
२९ साउन– प्याब्सन केन्द्रको निर्देशन अनुसार आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको
दोलखाको घ्याङमा रहेको सरस्वती वनको सिमा विवाद समाधानका लागि पूर्व बैठक
साउन २५- दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति र स्थानीय विचको सिमा विवाद समाधानका लागि पूर्व तयारी
दोलखाका सांसद केसी बागमती प्रदेश सरकारको मन्त्री
साउन २०-बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद भरत केसी वन तथा वातावरण मन्त्री बन्नु भएको छ । मुख्यमन्त्री बहादुर सिंह





प्रतिकृया दिनुहोस