मकैबारीमा ५०  लिटर अवैध घरेलु मदिरा नष्ट


पुष २० 
दोलखा भीमेश्वर नगरपालिका ७ उखुबारीमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ । 
भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको देविथान महिला तथा आमा समुहको नेतृत्वको टोलीले ४ जना व्यापारीले अवैधरुपमा विक्री वितरण गर्दै आउनु भएको  ५० लिटर  घरेलु मदिरा नष्ट गरिएको हो । मदिराका कारण गाउँ घरमा झै झगडा  बढि हुन  थालेपछि मदिरा उत्पादन, बिक्री वितरण नियन्त्रणमा  आमा समुह लागि परेको हो । मकै बारीको जैरुन्टा एरियाबाट ५०  लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरिएको हो । आमा समहुको टोली सहित वडा सदस्य रघु नाथ कार्की, महिला स्वयमसेविका सम्झना बस्नेत, विरेन्द्र आधारभुत विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर खत्री सहितको टोलीले अनुगमन गर्दा होटल तथा पसलहरुमा अवैध रुपले घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरेको पाइएपछि  अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको  हो ।  मदिरा प्रयोगबाट हुने झैझगडामा कमी ल्याउन आमा समुहले अवैध घरेलु मदिरा नियन्त्रण कार्यक्रम सञ्चालन गरेको विरेन्द्र आधारभुत विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रवि कार्कीले जानकारी दिनुभयो ।  

प्रतिकृया दिनुहोस

बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी मन्थलीमा छलफल

पुष २४  बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपे क्षासम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम मन्थली नगरपालिकामा  बुधबार सम्पन्न भएको

जिरीमा बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा सम्बन्धी छलफल 

  पुष २३  बागमती प्रदेश सभाका सभामुख  भुवन कुमार पाठकले प्रदेशको कानुन निर्माण गर्दा स्थानीय सरकारसङ्ग समन्वय गरि कानुन निर्माण गर्दा

मेलुङ गाउँपालिका स्तरीय  राष्ट्रपति रनिङ शिल्डको  उपाधी डाडाखर्क माविलाई 

  मंसिर २४  मेलुङ गाउँपालिका अन्तर विद्याल स्तरीय  चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को  उपाधी डाडाखर्क माविले जितेको छ ।   मेलुङ