दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी
मंसिर १७
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेका उमा लुङ्गेली मगर शेर्पा विजयी हुनुभएको छ । शेर्पा २ हजार ८ सय ५ मतसहित विजयी हुनुभएको हो । शेर्पाका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका निम लेकी शेर्पालाई २ सय ५ मतान्तरले हराउँदै एमालेकी शेर्पा विजयी हुनु भएको हो । माओबादी केन्द्रका निमलेकीले २ हजार ६ सय मत प्राप्त गर्नु भयो । यस्तै नेपाली कांग्रेसकी पासदिकी शेर्पाले १ हजार ७ सय २७ मत प्राप्त गर्नु भएको छ । त्यस्तै राप्रपाकी मानकुमारी श्रेष्ठले १ सय १८, रास्वपाकी गोमा श्रेष्ठले १ सय र एकीकृत समाजवादीका रविना खड्काले ९० मत ल्याउनु भएको छ । आइतबार सम्पन्न उपाध्यक्ष पदको उपनिर्वाचनमा ७ हजार ५ सय ९० मत खसेको थियो । त्यसमध्ये १ सय १० मत बदर भएको । गौरीशंकर गाउँपालिकामा २०७९ को निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । कांग्रेसबाट निर्वाचित उपाध्यक्ष श्याम सुन्दर तामाङको निधनपछि भएको उपचुनावमा सबै पार्टी एकल प्रतिस्पर्धामा थिए । ९ वटा वडा रहेको गौरीशंकरमा ७ हजार ५ सय ९० मत खसेको थियो ।
बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी मन्थलीमा छलफल
पुष २४ बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपे क्षासम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम मन्थली नगरपालिकामा बुधबार सम्पन्न भएको
जिरीमा बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा सम्बन्धी छलफल
पुष २३ बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेशको कानुन निर्माण गर्दा स्थानीय सरकारसङ्ग समन्वय गरि कानुन निर्माण गर्दा
मकैबारीमा ५० लिटर अवैध घरेलु मदिरा नष्ट
पुष २० दोलखा भीमेश्वर नगरपालिका ७ उखुबारीमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको देविथान महिला





प्रतिकृया दिनुहोस