सोक्ला शिक्षा सदनभवनको शिलान्यास
पmागनु २९
भीमेश्वर नगपालिकाको उप मेयर कमला बस्नेतले सोक्लाशिक्षा सदनभवनको शिलान्यास गर्नु भएको छ । मंगलबार विहान उप मेयर बस्नेत र वडा अध्यक्ष स्टालिन श्रेष्ठले उक्तभवनको संयुक्तरुपमाशिलान्यास गर्नु भएको हो ।
उप मेयर बस्नेतले सोक्ला भ्यालीको शैक्षिक गुणस्तर र वृद्धिका लागि नयाँ भवनको शिलान्यासले विशेष अर्थ राख्ने बताउनु भयो । सोक्ला, खेलाप, डाँडा गाउँ, नेगल फुलपा र चक्पा क्षेत्रको शैक्षिक स्तर वृद्धिका लागिनयाँ शैक्षिक सत्रबाट बालशिक्षा सञ्चालन गर्न सक्ने सहयोग गर्ने उप मेयर बस्नेतको भनाई थियो । ‘भर्खर नयाँभवनको संरचनाबन्दै छ । अझव्यवस्थित र गुणस्तरिय शिक्षाकालागि स्थानीयले विशेष सहयोग र साथ दिनुपर्छ,’ उप मेयर बस्नेतले भन्नु भयो,‘हामीआगामीआर्थीक वर्षमा थप बजेट व्यवस्थापन गर्छौ ।’ यस्तै चक्पा सोक्ला खेलापको सडक, डाँडा गाउँ सोक्ला सडकको स्तर उन्नतिको लागिविशेष जोड दिने उहाँको भनाई थियो । सोक्ला भ्यालीमा सिचांइको दिर्घ कालिन व्यवस्थापनको लागि आफू गम्भीर भएको उपमेयर बस्नेतले बताउनु भयो ।
शिलान्यास कार्यक्रममाभीनपा २ का वडा अध्यक्ष स्टालिन श्रेठ, वडा सदस्य सविनाविक, जग्गादातातथापुर्व वडा सदस्य निरबहादुर तामाङ, राजकुलेश्वर विद्यालय व्यवस्थापन समिति अध्यक्ष अजय प्रधान, फुलपा आधारभुत विद्यायलका प्रअ हरि श्रेष्ठ, शिक्षक कुशकुमार खत्री लगाएतको सहभागीता रहेको थियो । सो भवनको लागि चालु आवमा वडाले तीनलाख बजेट विनियोजन गरिएको थियो ।
शिलान्यास कार्यक्रमका लागि लामा गुरु मानध्वज लामाले पूजापाठ गर्नु भएको थियो ।
बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी मन्थलीमा छलफल
पुष २४ बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपे क्षासम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम मन्थली नगरपालिकामा बुधबार सम्पन्न भएको
जिरीमा बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा सम्बन्धी छलफल
पुष २३ बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेशको कानुन निर्माण गर्दा स्थानीय सरकारसङ्ग समन्वय गरि कानुन निर्माण गर्दा
मकैबारीमा ५० लिटर अवैध घरेलु मदिरा नष्ट
पुष २० दोलखा भीमेश्वर नगरपालिका ७ उखुबारीमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको देविथान महिला





प्रतिकृया दिनुहोस