मेलुङका नागरीकलाई साबुन बनाउने तालिम
फागुन १६
दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर ३ मा १० दिने साबुन बनाउने तालिम सम्पन्न भएको छ ।
मेलुङ गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा वडाका स्थानीय बेरोजगार महिला तथा युवाहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई प्रशिक्षक भक्त नेपालीले प्रशिक्षण दिनु भएको थियो । वडा नम्वर ३ का कार्यबाहक अध्यक्ष कमल लकान्द्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले तालिमका सहभागिहरुलाई जुन उदेश्यले तालिममा सहभागी हुनुभयो, त्यो उदेश्यलाई पच्छ्याउँदै अगाडि बढ्न आग्रह गर्नु भयो ।
तालिम अबधिभरको १० दिनको अमूल्य समयलाई खेर जान नदिइ सदुपयोग गर्न आग्रह गर्नु भयोे । थोकरले बजारीकरणका लागि पालिकाले गर्ने समन्वयमा सधैं तयार रहेको भन्दै तालिमको लागी तालिम मात्र नभएर व्यवहारिक जीवनमै प्रयोग गर्न आग्रह गर्नुभयो । पालिकाले नयाँ कार्यक्रम सुरुवात गरि गरिबको रेखामुनि रहेका नागरिकलाई स्वदेशमै स्वरोजगार बनाउने उदेश्य सहित यस्ता कार्यक्रम संञ्चालन गरेको बताउनु भयो । सावुन बनाउन तालिम पालिकाले दिएको छ, अब हामी प्रविधिमा पनि सहयोग गछौ । मेलुङमा उत्पादन भएको साबुन दोलखाको अन्य पालिकामा निर्यात गर्ने गरि उद्यमी बन्न आग्रह गर्नु भयो । व्यवसायीक फर्म दर्ता गरेर सिपको प्रयोग गर्छु भन्नेको लागि नयाँ सिप, नयाँ बाटो र उद्यमी बन्न सहयोग पुगेको बताउनु भयो । “हेर्दा सामान्य कामजस्तो लागे पनि यसबाट एकातिर बेरोजगारले रोजगार पाउँछन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । साबुनका नाममा बाहिरिने रुपैयाँ पनि कम गर्न सकिन्छ ठोकरले भन्नु भयो ।” उपाध्यक्ष गायत्री आर्चायले फुर्सदको समय सदुपयोग गरेर साबुन बनाई आम्दानी गर्नसक्ने भएकाले यस तर्फ ध्यान दिन आग्रह गर्नु भयो । “थोरै खर्चमा सुरु गर्न सकिने यस्तो व्यवसायका लागि पालिकाले काम गरिरहेको बताउनु भयो । ” पालिकाले निकट भविष्यमै तालिमका सहभागिहरुलाई छनोट गरि साबुन उद्योग संञ्चालनको लागि सहयोग गर्ने तयारी गरेको छ ।
बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी मन्थलीमा छलफल
पुष २४ बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपे क्षासम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम मन्थली नगरपालिकामा बुधबार सम्पन्न भएको
जिरीमा बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा सम्बन्धी छलफल
पुष २३ बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेशको कानुन निर्माण गर्दा स्थानीय सरकारसङ्ग समन्वय गरि कानुन निर्माण गर्दा
मकैबारीमा ५० लिटर अवैध घरेलु मदिरा नष्ट
पुष २० दोलखा भीमेश्वर नगरपालिका ७ उखुबारीमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको देविथान महिला





प्रतिकृया दिनुहोस