विद्यार्थीलाई प्रभु बैक सिंगटी शाखाको वित्तीय साक्षरता कार्यक्रम
पुस १७
दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ सिंगटीमा रहेको विगु पोलिटेक्नीक ईन्स्टिच्युट कलेजमा एक दिने वितिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
प्रभु बैक सिंगटी शाखाको आयोजनामा भएको साक्षरता कार्यक्रममा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक, अभिभावक लगाएत ७० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रमका सहभागिहरुलाई प्रभु बैक सिंगटी शाखाका कर्जा विभाग प्रमुख रन्जित बुढाथोकी र अप्रेसन इन्चार्ज रमिना श्रेष्ठले बैंकिङ, पुँजीबजार, बैँकमा वित्तिय अबस्था, सहित वितिय साक्षरताका बारेमा जानकारी गराउनु भएको थियो । विद्यार्थीलाई बैंकिङ, पुँजीबजार सहित आफूले प्राप्त गरेको ज्ञान, सीप आफ्नो परिवार र समाजमा प्रवाह गर्न युवा पुस्तालाई प्रशिक्षण दिएको बुढाथोकीले बताउनु भयो । विद्यार्थीलाई वित्तीय साक्षरताका बारेमा जानकारी गराउने उद्धेश्यले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरिएको बैंक शाखाले जनाएको छ । यस अगि पनि शाखाले विभिन्न स्कुलहरुमा सारक्षता कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा कलेजका प्रिन्सीपल माया शेर्पाले सारक्षता कार्यक्रमहरु क्लेजमा आगामी दिनहरुमा पनि आयोजना गर्न आग्रह गर्नु भयो ।
बागमती प्रदेशको कानुन निर्माण र कार्यान्वयन सम्बन्धी मन्थलीमा छलफल
पुष २४ बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपे क्षासम्बन्धी छलफल तथा अन्तरकृया कार्यक्रम मन्थली नगरपालिकामा बुधबार सम्पन्न भएको
जिरीमा बागमती प्रदेशको कानुन निर्माण, कार्यान्वयन र अपेक्षा सम्बन्धी छलफल
पुष २३ बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले प्रदेशको कानुन निर्माण गर्दा स्थानीय सरकारसङ्ग समन्वय गरि कानुन निर्माण गर्दा
मकैबारीमा ५० लिटर अवैध घरेलु मदिरा नष्ट
पुष २० दोलखा भीमेश्वर नगरपालिका ७ उखुबारीमा घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको देविथान महिला





प्रतिकृया दिनुहोस