टेलिकमले ल्यायो ‘नमस्ते क्रेडिट’ सेवा
नेपाल टेलिकमले शुक्रबारदेखि जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि ‘नमस्ते क्रेडिट’ सेवा ल्याएको छ ।
टेलिकमद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सन्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो सेवाको शुभारम्भ गरे ।
क्रेडिट सेवामार्फत् ग्राहकहरुले मोबाइलमा ‘कल’ गर्दागर्दै ब्यालेन्स सकिएमा ५ रुपैयाँदेखि ४० रुपैयाँसम्मको सापटी लिन सक्नेछन् । जसबाट कललाई निरन्तरता दिन सकिनेछ ।
सापटी लिएको रकम पछि गरिने रिचार्ज रकमबाट काटिने टेलिकमले जनाएको छ । यसरी सापटी लिएको रकममा ब्याज वा अरु कुनै कर नलाग्ने पनि जनाइएको छ ।
सापटी लिएको रकम प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिनेछ ।
तर, नेटवर्कमा सीम ‘एक्टिभ’ भएको कम्तीमा तीन महिना पुगेकालेमात्रै यो सेवा पाउनसक्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।
सेवा स्वतः ‘एक्टिभेट’ हुने जनाउँदै टेलिकमले आफूले पाउने रकमको जानकारीका लागि ‘स्टाटस’ लेखेर १४७७ मा पठाउनुपर्ने जनाएको छ ।
यस्तै, सेवा लिन नचाहने ग्राहकहरुको हकमा ‘स्टप’ लेखेर १४७७ मा एसएमएस गर्नसक्ने टेलिकमले जनाएको छ ।इमेज खबरबाट
त्रिभुवन मावि मेलुङमा विज्ञान तथा शैक्षिक सामाग्री प्रदर्शन
फागुन १६ माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनी कार्यक्रम मेलुङ गाउँपालिकामा रहेको त्रिभुवन मावि मेलुङमा सम्पन्न भएको छ । मेलुङ
फुङलिङ बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा बिग्रिए
दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जडित आधाजसो सिसी क्यामेरा तीन महिनादेखि बिग्रँदा कामै गर्न छाडेको छ । दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम
काठमाडौंका यी स्थानमा चल्नेछ अब निःशुल्क वाईफाई
काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न स्थानहरुमा निःशुल्क वाइफाई इन्टरनेट सेवा संचालन गर्ने भएको छ । सेवा संचालनका लागि काठमाडौं





प्रतिकृया दिनुहोस