उपभोक्ता हित संरक्षण मञ्च दोलखाको प्रथम जिल्ला भेला सम्पन्न


साउन १८- उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला शाखा दोलखाको प्रथम जिल्ला भेला आज दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । भेलाले कुमार विश्वाकर्माको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता हित संरक्षण मञ्च दोलखा गठन गरिएको छ । मञ्च दोलखाको उपाध्यक्ष देवराम बुढाथोकी,सचिवमा तारा बहादुर महत,कोषाध्यक्ष तारादेवी बस्नेत चयन हुनुभएको छ भने सदस्यहरुमा कृष्ण भुजेल,राधिका लकान्द्री र रामकृष्ण तामाङ चयनहुनुभएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल बागमतिका सदस्य कुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिका उपमेयर कमला बस्नेत,जिल्ला समन्वय समिति दोलखाका समन्वय अधिकारी रामप्रसाद पोखरेल,इन्सेक दोलखाका प्रतिनिधि उद्ववप्रसाद पोखरेल,दोलखा उद्योग बाणिज्यका महासचिव सुरेश उप्रेती,चेम्बर अफ कमर्स दोलखाका अध्यक्ष रुद्रजङ बुढाथोकी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। 

प्रतिकृया दिनुहोस

शिक्षा विधेयक संशोधनको माग गर्दै प्याब्सन दोलखाले बुझायो ज्ञापन पत्र

२९ साउन– प्याब्सन केन्द्रको निर्देशन अनुसार आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको

दोलखाको घ्याङमा रहेको सरस्वती वनको सिमा विवाद समाधानका लागि पूर्व बैठक

साउन २५- दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति र स्थानीय विचको सिमा विवाद समाधानका लागि पूर्व तयारी

दोलखाका सांसद केसी बागमती प्रदेश सरकारको मन्त्री

साउन २०-बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद भरत केसी वन तथा वातावरण मन्त्री बन्नु भएको छ । मुख्यमन्त्री बहादुर सिंह