दोलखामा स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर
साउन १७-दोलखाको सदरमुकाम चरिकोटमा महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धी परिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्स स्थापना भएको ७५ वर्षको हीरक जयन्तीको उपलक्ष्यमा दोलखा चेम्बर अफ कमर्स,नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर,तथा सिल्भर लाइन हस्पिटलको संयुक्त आयोजनामा भएको शिविरमा कार्यक्रममा १ सय ३५ जना भन्दा बढि महिलाको स्तन तथा मुखको क्यान्सर परिक्षण गरिएको दोलखा चेम्बर अफ कमर्स दोलखाले जनाएको छ । शिविरमा नेपाल क्यान्सर अस्पतालका क्यान्सर परामर्शदाता डाक्टर रेजिना मुलमी र क्यान्सर रोगविशेषज्ञ लिला श्रेष्ठ सहितका डाक्टरहरुले परिक्षण गर्नुभएको हो । दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजङ बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत लगायतले मन्तवय व्यक्त गर्नुभएको थियो ।
शिक्षा विधेयक संशोधनको माग गर्दै प्याब्सन दोलखाले बुझायो ज्ञापन पत्र
२९ साउन– प्याब्सन केन्द्रको निर्देशन अनुसार आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको
दोलखाको घ्याङमा रहेको सरस्वती वनको सिमा विवाद समाधानका लागि पूर्व बैठक
साउन २५- दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति र स्थानीय विचको सिमा विवाद समाधानका लागि पूर्व तयारी
दोलखाका सांसद केसी बागमती प्रदेश सरकारको मन्त्री
साउन २०-बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद भरत केसी वन तथा वातावरण मन्त्री बन्नु भएको छ । मुख्यमन्त्री बहादुर सिंह





प्रतिकृया दिनुहोस