भण्डारी दम्पतिद्धारा स्नेह केन्द्र दोलखालाई आर्थिक सहयोग

साउन १७- स्नेह केन्द्र दोलखालाई आर्थिक सहयोग प्राप्त भएको छ । जिल्लाको सदरमुकाम चरिकोटमा रहेको आवाज नेपालद्धारा सञ्चालित स्नेह केन्द्र दोलखालाई आर्थिक सहयोग प्राप्त भएको हो । राजनितिज्ञ एंवम समाजसेवी दोलखाको मेलुङ गाउँपालिका निवासी शिवप्रसाद भण्डारीले स्नेह केन्द्र दोलखालाई आर्थिक सहयोग गर्नुभएको आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्कीले जानकारी दिनुभयो । उहाँँले आफनो र श्रीमती कल्पना भण्डारी र आफनो जन्मदिनको अवसरमा केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको हो । समाजसेवी भण्डारीले यसअघि पनि आवाज नेपाल दोलखालाई आर्थिक लगायतका सहयोगको गदै आउनु भएको छ । कार्कीले भण्डारी दम्पतिलाई जन्मदिनको शुभकामना दिनुहुदैँ सहयोग गर्नुभएकोमा आभार समेत व्यक्त गर्नुभयो । अध्यक्ष कार्कीले भन्नुभयो आफनो जीवनको आदर्शव्यक्ती भण्डारीले स्नेह केन्द्रलाई सहयोग गर्नुहुदाँ आफुलाई सधै हौसला प्राप्त हुने गरेको बताउनुभयो । अध्यक्ष कार्कीले स्नेह केन्द्रमा हाल विभिन्न कारणले जोखीममा परेको ३४जना महिला तथा बालबालिकाहरुलाई संरक्षण गरिरहेको बताउनुभयो । स्नेह केन्द्रमा रहनुभएका मध्ये २३ बालबालिकाहरु अध्ययन गरिरहनु भएको छ । संरक्षितहरुका लागि सरकारी तथा गैरसरकारी संघ संस्था,सहकारी,व्यक्तीहरुको सहयोगमानै व्यवस्थापन गरिरहेको बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

शिक्षा विधेयक संशोधनको माग गर्दै प्याब्सन दोलखाले बुझायो ज्ञापन पत्र

२९ साउन– प्याब्सन केन्द्रको निर्देशन अनुसार आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको

दोलखाको घ्याङमा रहेको सरस्वती वनको सिमा विवाद समाधानका लागि पूर्व बैठक

साउन २५- दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति र स्थानीय विचको सिमा विवाद समाधानका लागि पूर्व तयारी

दोलखाका सांसद केसी बागमती प्रदेश सरकारको मन्त्री

साउन २०-बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद भरत केसी वन तथा वातावरण मन्त्री बन्नु भएको छ । मुख्यमन्त्री बहादुर सिंह