दोलखामा पिपिआर रोगका कारण १२ बाख्रा मरे, केहि विरामी
साउन १४- दोलखाको भीमेश्वर नगरपालिका वडा नम्वर १ देउरालीमा पिपिआर रोगका कारण कृषकहरुले पालेका १२ वटा बाख्रा मरेका छन् । गत असार महिनाबाट फैलिएको पिपिआर रोगका कारण वडा नम्बर १ मा कृषकहरुले पालेका १२ वटा बाख्रा मरेको जिल्ला पशु सेवा कार्यालय दोलखाका सुचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार देउरालीका कृषक विनोद बस्नेतले पाल्नु भएको १४ वटा मध्ये १२ वटा बाख्रा पिपिआर रोगका कारण मरेका छन् भने सोहि स्थानका रुद्र शिवाकोटीले पाल्नु भएका केहि बाख्राहरु विरामी रहेका छन् । बस्नेतले गत असार महिनामा काठमाण्डौँबाट २ वटा बोका ल्याउनु भएको र त्यहि बोकाहरु ल्याएको केहि दिनपछि असार महिनाबाटनै बस्नेतका बाख्रा बिरामी परेको पाईएकोे कार्यालयले जनाएको छ । बस्नेतले १० वटा बाखा्र मरेपछि साउन ५ गतेबाट पशुसेवा कार्यालय दोलखामा जानकारी गराउनु भएको थियो । मरेका बाख्राहरुको केन्द्रीय प्रयोगशालामा नमूना परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । पिपिआर फैलिएको स्थानमा स्थानीय तहको समन्वयमा पिपिआर रोगको खोप लगाईने छ ।
शिक्षा विधेयक संशोधनको माग गर्दै प्याब्सन दोलखाले बुझायो ज्ञापन पत्र
२९ साउन– प्याब्सन केन्द्रको निर्देशन अनुसार आज निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन दोलखाले जिल्लाको भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको
दोलखाको घ्याङमा रहेको सरस्वती वनको सिमा विवाद समाधानका लागि पूर्व बैठक
साउन २५- दोलखाको मेलुङ गाउँपालिका वडा नम्वर २ मा रहेको सरस्वती सामुदायिक वन उपभोक्ता समिति र स्थानीय विचको सिमा विवाद समाधानका लागि पूर्व तयारी
दोलखाका सांसद केसी बागमती प्रदेश सरकारको मन्त्री
साउन २०-बागमती प्रदेश सभामा दोलखाबाट प्रत्यक्ष निर्वाचित एमालेका सांसद भरत केसी वन तथा वातावरण मन्त्री बन्नु भएको छ । मुख्यमन्त्री बहादुर सिंह





प्रतिकृया दिनुहोस