नयाँ प्रधानमन्त्री सँग जनताको आशा

विमला बुढाथोकी

नयाँ प्रधानमन्त्री सँग जनताको आशा
नेपालका ४१ आँै प्रधानमन्त्रीका रुपमा खड्ग प्रसाद ओलि अर्थात केपि शर्मा ओलिले २०७४ साल फागुन ३ गते दोस्रो पटक देशको नाममा सपथ खाए सगैँ देशको राजनितिले नयाँ अध्याय को यात्रा तय गरेको छ । 
ओलि पुराना नेता, तर सङ्घिय गणतान्त्रीक नेपालको सङक्रमणकाल पछिका पहिलो प्रधानमन्त्री हुन् । आज भन्दा केहि समय अगाडि प्रधानमन्त्री भइसकेका ओलीले जनता सँग नेपालको विकासका लागी धेरै काम गर्ने प्रतिबद्धता गरेका थीए । जनताको आशा अन्य नेतामा भन्दा उनि सँग अलिक बढि छ किन की उनले आफ्नो ९ महिने कार्यकालमा धेरै बाचा गरेका थिय । जब कि ओली भाषण गर्न मन्चमा जान्छन् केहि न केहि नयाँ कुरा बोलेकै हुन्छन् । भाषणमा जनतालाई आशाको संचार पैदा गराउने तथा हाँसी मजाक गर्ने उनको विशेषता नै छ । संयोग के छ भने ओलिको दुइ पटकको सतारोहण को सहयात्री नेकपा माओवादि केन्द्र नै बनेको छ । तर अहिले अबस्था फेरिएको छ किनकी नेकपा माओवादि केन्द्र र नेकपा एमाले विच निकट भविष्यमा नै पाटि एकता हुदै छ । त्यसैले नयाँ जोश र जागरका साथ नयाँ प्रधानमन्त्री ओलीले दोस्रो पटक सिंहदरवारको यात्रा तय गरेका हुन । नयाँ प्रधानमन्त्री सामु धेरै चुनौति छन् । उनलाई आफ्नो पाटि भित्रको आन्तरिक व्यबस्थापन गर्नु र पाटि एकतालाई तार्किक निष्कर्षमा पु¥याउनु प्रमुख काम हो । यदि यो काम मा ओली सफल भएनन् भने उनि मात्र असफल हुने छैनन्, समग्र देशको राजनितिक स्थायित्वमा नै सङ्कट उत्पन्न हुन्छ । अनि बषौँ देखिको जनताको राजनिति प्रतिको वितृष्णा त पोखिन्छ नै त्यो भन्दा ठुलो कुरा देशमा राजनितिक अस्थिरताले निरन्तरता पाउँछ । देशमा राजनितिक स्थायित्व कायम नहुनु भनेको देश विकास नहुनु हो । त्यसैले नयाँ प्रधानमन्त्री सामु देशलाई सुखि र खुशी नेपाली तथा समृद्ध नेपाल बनाउन राजनितिक स्थायित्व कायम गराउनु र जनतामा विकास प्रतिको तिव्र इच्छा शक्ति जगाउँनु नयाँ प्रधानमन्त्रीको दायित्व हो ।
 

प्रतिकृया दिनुहोस

तामाकोशी सेयर “नखाउँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार”, -आनन्द पोखरेल 

रेडियो सैलुंग दोलखा ४५६ मेगावाटको राष्ट्रिय गौरवको  माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बारेमा थाहा नपाउने नेपाली विरलै होलान । आज यो आयोजनाको

प्रचण्डलाई ओलीको सन्देशः शीरमा जनयुद्ध, शरीरमा ५०/५० हुन्न !

काठमाडौं । चैत १३ गते अपरान्ह नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कार्यदलमा रहेका

भारत सम्बन्धका उतारचढाव र प्रधानमन्त्रीको भ्रमण

  भारत सम्बन्धका उतारचढाव र प्रधानमन्त्रीको भ्रमण एकराज पाठक विसं ०६५ असोजको पहिलो साता भारत गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल