अन्र्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

 

असोज २८
अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ ।
प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता संस्थाको रुपमा सामाजिक कार्यमा क्रियाशिल संस्थाको अधिबेशन आगामि कातिक १० गते हुने भएको हो । संस्थाको बिधान अनुसार हरेक २ बर्षको अन्तरालमा अधिबेशन गर्नुपर्ने कानुनी प्राबधान अनुरुप नै प्रथम अधिबेशन गर्न लागेको संस्थाका अध्यक्ष हरि खत्रीले जानकारी दिनुभयो । १४ वटा देशमा कार्यरत प्रबासी दोलखाली युबाहरुको सामाजीक संस्था भएकाले अन्य अधिबेशन भन्दा यस अधिबेशनलाई अलिक फरक कोणबाट हेरिएको छ । अधिबेशनले २१ सदस्यीय प्रतिनिधिमुलक  कार्यसमिति चयन गर्ने बताएको छ । अधिबेशन सफल पार्नका लागि सम्पुर्ण पुर्ब तयारी गर्न विभिन्न समिति तथा उपसमितिहरु गठन गरि कार्य अघि बढाइएको संस्थाका बरिस्ठ उपाध्यक्ष दिपेन्द्र अधिकारिले जानकारी दिनुभयो । प्रबासी दोलखाली युबाहरुको साझा तथा छाता सस्थाको रुपमा सामाजिक कार्यमा क्रियाशील सस्था अन्तर्राष्ट्रिय समान्वय समाज दोलखा ७ (९ सेप्टेम्बर २०१७ को ३ दिने अनलाइन भेलाबाट २१ सदस्यीय कार्यसमिति चयन गरि कानुनी रुपमा दर्ता गरी समाज कल्याण  परिषदमा समेत आबद्ध भएको एक गैर सरकारी सस्थाको रुपमा स्थापना भएको थियो ।
               हाल १३ वटा देशमा स्थापीत दोलखाली समाजहरुको प्रतिनिधित्व गरिरहेका यस समाजले विभिन्न सामाजीक सेवाहरु गर्दै आफ्नो मातहतमा रहेको सस्थाहरु संग समन्वय गर्दै  थुप्रै कार्यहरु गर्दै  आइरहेको छ। बिगतमा भै रहेको घटनाहरुलाइ उद्दार तथा सहयोग गर्दै आगामी दिनमा समेत  भै परि आउने समस्याहरूको बारेमा जनचेतना जगाउने कार्य समेत यस सस्थाले गर्दै आइरहेको छ । राजनितिक आस्थालाइ एउटा कुनामा राखी निस्वार्थ भाबले प्रबासी युबाहरु एकतामा बाधिएर काम गर्ने हो भने जस्तो सुकै समस्याको पनि समाधान गर्न आकिन्छ भन्ने आत्मबिस्वासको साथ स्थापना भएको यस सस्थामा अध्यक्ष ,बरिस्ठ उपाध्यक्ष ,प्रथम उपाध्यक्ष ,दृतिय उपाध्यक्ष ,महासचिव ,सचिब ,सहसचिब कोषाध्यक्ष ,प्रबक्ता  र अन्य सदस्यहरु गरि जम्मा २१ सदस्यीय कार्य समिती चयन गरीएको थियो  । २१ सदस्यीय प्रतिनिधिमुलक  कार्यसमिति चयन हुने भएकोले चारै तिरको ध्यान यतिबेला यस अधिबेशनमा केन्द्रित भएको छ ।अधिबेशन सफल पार्नको  लागि सम्पुर्ण पुर्ब तयारी गर्न  विभिन्न समिति तथा उपसमितीहरु गठन गरि कार्य अगाडी बढाइएको सस्थाका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र अधिकारिले जानकारी दिनु भयो ।

 

प्रतिकृया दिनुहोस

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली

हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन

मदन भण्डारी स्पोर्ट एकेडेमी चरिकोट दोलखाको जिल्ला भेलाले हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन गरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला सुरु

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला (ल्याव) सुरु भएको छ ।  प्रयोगशालाको उद्घाटन तामाकोशी गाउँपालिकाका