सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण भइरहेका रेडियोले किशोरीका सवालमा वहस

 

अक्टोबर ११, अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण भइरहेका रेडियोले किशोरीका सवालमा वहस गरेका छन् ।
किशोरीले आफंैले नेतृत्व गर्दै सामूदायिक रेडियोमा बहसमूलक कार्यक्रम गरेर समुदायमा देखिएका बालिका र किशोरीको समस्या तथा त्यसको न्युनीकरणका लागि आफ्नो नेतृत्वमा भइरहेका पहलबारे जानकारी गराएका हुन् । दोलखाको रेडियो शैलुङमा पनि २४ वर्षमुनिका किशोरीले वहस गरे । वुढाभिमसेन माध्यमिक विद्यालय धरमघर दोलखामा कक्षा १० मा अध्ययनरत वर्ष १५ की दिव्या महतले वहसुलक कार्यक्रम सञ्चालन गरिन भने बालिका र किशोरीको सवालमा किशोरी अभियन्ता डेनिसा चौलागाई र कविता भुजेलले खुलेर वहस गरे । भिमेश्वर नगरपालिका वडा न ४ जिलु स्थायी घर भएकी  १७ वर्षकी डेनिसा चौलागाई १० वर्षको उमेरदेखि नै बालबालिका र सामाजिक समस्याका विषयमा सार्वजनिक समारोहमा विचार व्यक्त गर्दै बालक्लवमा रहेर काम गर्दै आएकी किशोरी हुन् । जसले ११ वर्षको उमेरदेखि हालसम्म विभिन्न विषयमा ४२ ओटा वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाएकी छन् । वक्तृत्वकलामा उत्कृष्ट भएरै उनेले राष्ट्रिय प्रतिभा पुरस्कार समेत प्राप्त गरेकी छन् भने वहसमुलक कार्यक्रमकी अर्की किशोरुी अभियन्ता कविता भुजेलको गौरीशकर गाउँपालिका वडा न २ दोलखा स्थायी घर हो । कक्षा ७ देखि नै बालक्लवमा रहेर बालबालिकाको हक अधिकारको लागि नेतृत्व गर्दै आएकी भुजेल अहिले दोलखा सदरमुकाम चरिकोटमा रहेको गौरीशकर वहुमुखी क्याम्पस दोलखामा कक्षा १२ मा अध्ययन गरिरहेकी छन् ।


वहसमुलक कार्यक्रममा किशोरी अभियन्ताले बालिका र किशोरीका सवाल,काम गर्दाका चुनौति , सामाजिक काम पछिका परिवर्तन र स्थानीय तहसंगको सहकार्यको अवस्था र आवश्यकताका विषयमा छलफल गरेका थिए भने बालिका र किशोरीको जीवन परिवर्तका लागि आफूले खेलेको भुमिकाका विषयमा सफलता र सिकाई आदान प्रदान गरेका थिए ।
यसैवीच सदरमुकाम चरिकोटमा रहेका कालिञ्चोक सामुदायिक रेडियो,रेडियो भिमेश्वर र हाम्रो रेडियोले पनि किशोरीका सवालमा वहस गरे ।
बालबालिकाको अधिकार र किशोरीको समानताका लागि क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ अकोरयाव र  सीआईएनको संयोजनमा देशभरका ३ सय रेडियो मार्फत एकै प्रकृतिको कार्यक्रम प्रशारण भएको थियो ।
किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर उनीहरुको समस्या र मुद्धाबारे सरोकारवाला निकाय र आम जनमानसमा अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियानमा किशोरीहरुलाई जागरुक गराउनु कार्यक्रमको उद्देश्य रहेको सामुदायिक रेडियो प्रसारक संघले जनाएको छ ।
देशभरीका ३ सय सामूदायिक रेडियोमा ९०० जना किशोरीले आफ्नै सवालमा बहस वहस गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित