प्रदेशले क़ानुन नबनाईदिदा काममा असहज भैरहेको जिसस प्रमुख पाण्डेको भनाई

 शरद सापकोटा 

साउन २५ रेडियो बैलुङ्ग दोलखा / प्रदेश सरकारले आवश्यक कानुन नबनाईदिदा विभिन्न काममा असहजता पैदा भैरहेको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले बताउनुभएको छ ।

जिसस गठनको पहिलो बर्ष पुरा भएको अवसरमा एक कार्यक्रम आयोजना गरी आफ्ना गतिविधि सार्वजनिक गर्ने सिलसिलामा पाण्डेले आवश्यक कानुन, पर्याप्त बजेट र दक्ष जनशक्ति आफ्नो कार्यालयमा नभएकाले सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको जानकारी दिनुभयो ।

दोलखा जिल्लामा महत्व राख्ने फ़िल्म सिटी, एयरपोर्ट, पर्यटन प्रबर्धन जस्ता कुराहरुको नियमित फलोअप गरिरहेको साथै अपर तामाकोशी परियोजना र खाडीचौर -चरिकोट सड़क समयमै सम्पन्न गर्न पहलकदमी गरिरहेको प्रमुख पाण्डेले दाबी गर्नुभयो । कार्यक्रममा आफ्नो एक बर्षे कार्यकाल निकै उत्साहजनक भएकोले थप कार्यक्रम सँगै बजेट आएमा यो बर्ष निकै रचनात्मक कामहरु गरेर देखाउने तयारीमा रहेको भन्दै जिल्लाको विकासका लागि सबै तह र तप्का एकजुट हुन समेत प्रमुख पाण्डेले आव्हान गर्नुभयो ।

साथै जिससको आजकै बैठकले काठमाण्डौबाट अपर तामाकोसीको शेयर भर्ने म्याद समेत ७ दिन थप गर्न निर्णय गरी धितोपत्र बोर्डलाई सिफ़ारिश गरेको छ ।

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा